पुष्पलाल स्मृती ब्याडमिन्टन कार्तिकमै हुने



काठमाडौं, (नेस)
नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको संझनामा नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा आठौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता कार्तिक २७ गतेबाट काठमाण्डौमा हुने भएको छ ।

२०६८ सालबाट ¥याङकीङ्ग प्रतियोगिताबाट सुरु गरिएको प्रतियोगिता आठौं संस्करण सम्म आई पुगेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने प्रतियोगिताामा पुरुष तथा महिला एकल तथा युगल, यु — १७ छात्र तथा छात्रा एकल र भेट्रान्स (४५ बर्ष माथी) जोडी गरि ७ बिधामा प्रतिस्पर्धा हुने संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी गराए ।

करिब १२ लाख लागतको अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष÷महिला एकलमा शिर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद प्राप्त गर्नेछन् । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा करिव २ सय खेलाडीहरुले सहभागित जनाउने आयोजकले जनाएका छन् । प्रतियोगिताको सातौं संस्करणमा पुरुष एकलमा सेनाका रत्नजित तामाङ्ग र महिला तर्फ पूर्वाञ्चलकी जेशिका गुरुङ विजेता थिए ।

प्रतिक्रिया दिनुहोस्