बढाइएको शुल्क फिर्ता होस्



शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको बस्ती प्रवेश गर्न शुल्क बढाउँदा आवतजावतमा समस्या भएको छ । यसअघि रु. ५७ मा प्रवेश दिने गरिएकामा वन तथा वातावरण मन्त्रालयले असोज २९ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वनक्षेत्रको गैरकर ११८ पु¥याइएको छ । निकुञ्जभित्र बस्ती भएका स्थानीयवासीलाई पनि प्रवेशद्वारमा कागजात मागिने गरिएको छ । कागजात नभए ११८ रुपियाँ लिने गरिएको छ । निकुञ्ज क्षेत्रका स्थानीय तहसँग कुनै छलफल नगरेरै शुक्ल बढाउनु मनोमानी भएको छ ।

वडा नं. १ अन्तर्गत सिन्धुपाल्चोक र नुवाकोटसँग सीमा जोडिएका ओखरेनी, चिलाउने, कुने, मूलखर्कलगायत बस्ती छन् । निकुञ्ज प्रवेश गरेको शुल्क ५७ रुपियाँ बनाउनुअघि १० रुपियाँ थियो । निकुञ्जभित्रको बस्तीमा बाँदर, बँदेलजस्ता जङ्गली जनावरले खेतबारीमा लगाएको बाली खाइदिन्छ । जसले गर्दा पुस्तौंदेखि थातथलोमा बस्दै आएकालाई जीवन धान्न धौ–धौ हुने गरेको छ । यस विषयमा स्थानीय सरकार हालसम्म मौन बसेको छ । जनतासँग कर लिए पनि सेवा चुस्त–दुरुस्त बनाएमा हामी आभारी हुने थियौं ।
– मन्दिरा कार्की, शिवपुरी ।

 

प्रतिक्रिया दिनुहोस्