कामना फिल्म अवार्डस्–२०७५ मंसिर १५ मा, ५ नायिका लक्स स्टार अफ द इयरको मनोनयनमा



नेपाल समाचारपत्रको सहप्रकाशन सिने मासिक कामनाले प्रकाशनको ३ दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्डस्को चौथो संस्करण लक्स कामना फिल्म अवार्डस्–२०७५ आगामी मंसिर १५ गते शनिबार हुने भएको छ।

निजी क्षेत्रको पहिलो प्रकाशनगृह कामना न्युज पब्लिकेसन्स् र यसको पहिलो प्रकाशन कामना सिने मासिक ३४ वर्ष पार गरी ३५ वर्ष पुगेको अवसरमा लक्स कामना फिल्म अवार्डस्–२०७५ कामनाको प्रकाशन शुरू भएकै दिन पारेर मंसिर १५ गते आयोजना गर्न लागिएको हो। प्रतिस्पर्धी र अप्रतिस्पर्धीसहित कुल ३२ विधामा प्रदान गरिने चौथो संस्करणको सिजी कामना फिल्म अवार्डस्–२०७५ मा लक्स स्टार अफ द इयर विधामा पनि अवार्ड प्रदान गरिनेछ। लक्स स्टार अफ द इयर विधाको मनोनयनमा प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा राउत, स्वस्तीमा खड्का र आना शर्मा परेका छन्। यो विधामा एसएमएस भोटिङका आधारमा विजेता चयन गरिनेछ।

कामना फिल्म अवार्डस्–२०७५ अन्र्तगत सर्वोत्कृष्ट फिल्म विधामा ब्लाइन्ड रक्स, घामपानी, कृ, लिली बिली र शत्रु गते मनोयनमा परेका छन् भने निर्देशकमा छक्का पञ्जा–२ बाट दीपाश्री निरौला, लिली बिलीबाट मिलन चाम्स, मंगलमबाट नवल नेपाल, शत्रु गतेबाट प्रदीप भट्टराई र कृबाट सुरेन्द्र पौडेल मनोनयनमा परेका छन्। त्यसै गरी अभिनेतामा छक्का पञ्जाबाट दीपकराज गिरी, घामपानीबाट दयाहाङ राई, झ्यानाकुटीबाट सौगात मल्ल, कृबाट अनमोल केसी, लिली बिलीबाट प्रदीप खड्का र मंगलमबाट पुष्प खड्का मनोनयमा छन् भने अभिनेतृतर्पm ब्लाइन्ड रक्सबाट बेनिषा हमाल, शेरबहादुरबाट मेनुका प्रधान, पञ्चायतबाट नीता ढुंगाना, शत्रु गतेबाट प्रियंका कार्की, पिंजडा ब्याक अगेनबाट सारा सिरपाली र मंगलमबाट शिल्पा पोखरेल मनोनयनमा परेका छन्।

मनोयनमा सूचीमा छक्का पञ्जा–२ सर्वाधिक धेरै १४ विधाको मनोनयनमा परेको छ। छक्का पञ्जा–२ लाई पछ्याउँदै कृ १३ र ए मेरो हजुर–२ एघार विधाको मनोयनमा परेका छन्। त्यसै गरी लिली बिली १०, शत्रु गते र मंगलम ९/९, संरक्षण र भुईंमान्छे ७/७ ब्लाइन्ड रक्स ६, घामपानी, पिंजडा ब्याक अगेन, ऐश्वर्य र म यस्तो गीत गाउँछु ५/५, पञ्चायत, दुई रुपियाँ र ग्याङस्टार ब्लुज ४/४, शेरबहादुर ३, कान्छी, झ्यानाकुटी र आधा लभ २/२ तथा नाका, लभ लभ लभ, रानी र रुद्र १÷१ विधाको मनोनयनमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्