रकेट प्रक्षेपण असफल



बेइजिङ (एजेन्सी)
चीनको निजि बामेसर्दै गरेको अन्तरिक्ष उद्योगले केही सफलता हासिल गरेको भएपनि अझै कमजोरीहरुको सामना गर्नु परिरहेको छ । निजि कम्पनीबाट एक भुउपग्रह प्रक्षेपण गर्ने पहिलो प्रयास असफल भएको छ । ल्यान्डस्पेसको झुकी–१ रकेट तेस्रो चरणमा कक्ष सम्म पुग्न असफल भएको बताइएकाको छ ।

असफल हुनुको कारण भन्ने खुलेको छैन । उक्त रकेटले सरकारी सन्चार माध्यम सीसीटीभीको एक ब्यवसायिक भुउपग्रह बोकेको थियो । चीनले सन् २०१२ देखि विश्वस्तरको अन्तरिक्ष कार्यक्रम सन्चालन गर्दै आइरहेको छ । तर निजि स्तरको निजि कम्पनीले भने सन् २०१४ देखि यस क्षेत्रमा हात हालेको हो ।

प्रतिक्रिया दिनुहोस्