थानकोटमा प्रभु बैंकको शाखा



काठमाडौं, (नेस)
प्रभु बैंकले चन्द्रागिरी नगरपालिकास्थित थानकोटमा नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ । बागमती डिलर्स एसोसिएसनका अध्यक्ष अच्युतबहादुर खडकाले उक्त शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो । थानकोटमा रहेको नेपाल आयल निगमको डिपोलाई मध्येनजर गरी बैंकले थानकोट शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

उद्घाटन कार्यक्रममा अध्यक्ष खड्काले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सले आयल निगमलाई दिनुपर्ने रकम प्रभु बैंकको थानकोट शाखामा रहेको नेपाल आयल निगमको खातामा प्रभु बैंकको जुनसुकै शाखा कार्यालयबाट निःशुल्क रुपमा जम्मा गर्न सकिने हुँदा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीलाई कारोबारमा सहज भएको व्यहोरा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्