एनआईसी एसिया बैंकको नयाँ शाखा म्याङलुङमा



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकको नयाँ शाखा कार्यालय तेह्रथुमको म्याङलुङमा स्थापना गरेको छ । उक्त शाखा म्याङलुङ नगरपालिका मेयर सञ्जयकुमार तुम्बाहाङफेले उद्घान गर्नुभएको थियो ।

बैंकको मुलुकभर २६४ शाखा कार्यालय, २६४ एटीएम, २६ वटा एक्सटेन्सन काउन्टर एवम् १८ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्ने गर्दै आएको छ । बैंकको वासलातको आकार १९९ अर्ब रुपियाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६७ अर्ब तथा कर्जा १३९ अर्ब रुपियाँ रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्