अमेरिकामा अन्धाधुन्ध गोली चल्दा एघार मारिए, आक्रमण यहदी समुदायमाथि लक्षित



वासिंगटन,(एजेन्सी)
अमेरिकाको पिटसवर्ग स्थित यहुदीहरुको प्रार्थना गर्ने थलो सिनोगेजमा एकजना व्यक्तिले जथाभावि गोली चलाउँदा एघार जना मानिसको ज्यान गएको प्रहरीले जनाएके छ । यसलाई अमेरिकी इतिहासमै हालैको यहुदी समुदाय विरुद्धको सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।

सावाथ सर्भिस भइरहेकोबेला ट्रि अफ लाइफ सिनोगेजमा ४६ वििर्षय रोवर्ट बावर्सले गोली चलाएका हुन् । उनी विरुद्ध आम नरसंहारका लागि हतियार प्रयोग गरे लगायतका २९ वटा आपराधिक अभियोग लगाइने भएको छ ।
संघिय वकिलहरुले उनी विरुद्ध घृणा अपराधको मुद्धा पनि दायर गरिने संभवत उनलाई मृत्युदण्ड हुनसक्ने बताएका छन् । अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले यसलाई विभत्स आम नरसंहारको संज्ञा दिएका छन् ।

शनिवार भएके यस आक्रमणमा चारजना प्रहरी अधिकारी लगायत छ जना मानिस घाइते भएक छन् । प्रहरीसंगको गोली हानाहानमा ति आक्रमणकारी पनि घाइते भएको अमेरिकी संचार माध्यमले जनाएको छ ।

ट्रम्पले आफु चााडै नै पिटसवर्ग पुग्ने बताउँदै आगामी ३१ अक्टोवरसम्म सरकारी कार्यालय भवनहरुमा राष्ट्रिय झण्डा आधा झुकाउन आदेश दिएको छ ।

शनिवार बिहान सावाथको क्रममा एक नवाजात शिशुको नामाकरण गर्ने उद्देश्यले मानिसहरु स्क्विर्रल हिल्स स्थित सिनोगेजमा जमघट भएका थिए । स्क्विर्रल हिल्स पेनसिल्भिानियको सबैभन्दा बढि संख्यामा यहुदीहरुको वसावास रहेका क्षेत्रहरु मध्ये एक हुुन् ।

शनिवारका दिन प्रायश सिनोगेजमा अन्य दिनहरुको तुलनामा बढि भिडभाड हुने गर्दछ । प्रहरीले आफुहरुलाई स्थानिय समय अनुसार बिहान ९ बजेर ५४ मिनेट जाँदा घटनबारे खवर आएको र तत्कालै सुरक्षाकर्मि परिचालन गरिएको जनाएको छ ।

गोरा जातिका बोवर्सले एउटा एसल्ट राइफल र तीनवटा ह्यान्ड गन लिएर सिनोगेजमा प्रवेश गरेको बताइएको छ । एघारजना मानिसको हत्या गरी त्यहाँबाट ानलागेकोेबेला उनको स्वाट अधिकारीहरुसंग जम्काभेट भएके संघिय अनुसन्धान ब्युरो ( एफबिआइ ) का एजेनट रोवर्ट जोनेसले बताएका छन् ।

तयसपछि आक्रमणकारी प्रहरीबाट बच्नकालागि सिनोगेजभित्रै लुक्न पुगेका थिए । केहिवेर गोलीहानाहान भएपछि उनले प्रहरी समक्ष आत्मसमर्पर्ण गरेका थिए । थुप्रै गोली लागेका उनको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्