ब्राजिलमा दोश्रो चरणको राष्ट्रपतिय निर्वाचन



रियो डि जेनेरो,(एजेन्सी)
लार्खौं ब्राजिलियन जनताले आइतवार नयाँ राष्ट्रपति छान्न मतदान गरेका छन् । तिनीहरुले दुई निकै फरक राजनेता मध्ये एकजनालाई छनौट गर्न लागेका हुन् । अति दक्षिणपन्थि उम्मेदवार जाइर बोल्सोनारोले वकर्स पार्टीका वामपन्थी नेता फर्नान्डो हाडाडसंग राष्ट्रपतिय चुनावको दोश्रो अर्थात अन्तिम चरणमा प्रतिस्पर्धा गदैछन् ।

मतदान सकिना लाग्दा सममको क्षणमा बोल्सोनारोको स्थिती निकै बलियो देखिएको राजनीतिक विश्लेषक तथा पर्यवेक्षकहरुले बताएका छन् । यस निर्वाचन भ्रष्टाचारको विगविगी लगायत वोल्सोनारो माथिको छुरा प्रहारको कारण निकै चर्चामा रहेको छ ।

छुरा प्रहारको कारण शरिरको ४० प्रतिशत रगत गुमाउन पुगेका वोल्सोनारोको आपतकालिन शल्यक्रिया गर्नु परेको थियो । ब्राजिलियनहरुले सम्पुर्ण २७ राज्यका लागि गवर्नर र संसदका लागि ५ सय १३ जना विधायक पनि छान्ने भएक छन् । ६३ वर्षिय भुतपुर्व सैनिक क्याप्टेन वोल्सोनारो एउटा सानो कन्जरभेटिभ सोसियल लिवर पिार्टीबाट आएका हुन् ।

बोल्सोनारोको स्थिती मजवुत

उनको गर्भपतन, जातियता , आप्रवास ,समलिंगी यौन सम्बन्ध र बन्दुक सम्बन्धी काननका विषयमा निस्केका विवादास्पद भनाईका कारण उनी अहिले ‘ ट्रम्प अफ दि ट्रपक्सि ’ को उपनामले पनि चिनिन्छन् ।

त्यसैगरी सावो पाउलोको पुर्व मेयर तथा शिक्षामन्त्री ५५ वर्षिय हादाद लेवनानी आप्रवासी परिवारका सदस्य हुन् । उनले हाल भैष्टाचारको अभियोगमा १२ वर्ष लामो कागार संजाय भोगिरहेका पुर्व राष्ट्रपति लुइज इन्सानियो दा सिल्भाको स्थानमा पहिलो चरणको चुनाव शुरु हुनु करिव एक महिना अघिसम्म काम गरेका थिए । शनिवार सार्वजनिक भएका दुईवटा मत सभेक्षणको परिणमले हादाद प्रतिको समर्थन बढि रहेको देखएिको छ ।

यद्यपि बोल्सोनारोले अझै करिव ५५ प्रतिशत मत ल्याएर चुनाव जित्ने आशा गरिएको छ । बोल्सोनारोले आफ्नो अन्तिम चुनावी प्रचार सामाजिक संजाल मार्फत गरेका थिए । गत सेप्टेम्वरमा चुनावी अभियानमै संलग्न हुने क्रममा छुरा प्रहार भए यता उनी सार्वजनिक स्थलमा प्रचार प्रसारका लागि उत्रेका थिइनन् ।
उनी उपचारार्थ तीन साता अस्पतालमा बसेका थिए । शनिवार हादादले ब्राजिलियनहरुलाई हातहतियारबाट सुसज्जित गर्ने बोल्सोनारोको योजनाको कारण ब्राजिमा अपराध मात्र ैबढाउने कुरा मतदाताहरुलाई बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्