निर्मला हत्याकाण्ड: सिआईबीका डिएसपी जिसी र ज्ञानबहादुरलाई बर्खास्तको माग



मनोज भट्ट, कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिय निर्मला पन्तको बलात्कार पछि हत्याकाण्डको अनुसन्धानमा लार्पबाही गर्ने डिएसपीद्वय अंगुर जिसी र ज्ञान बहादुर सेठीको टिमलाई पनि बर्खास्ती गर्न अधिकारकर्मी र निर्मलाका अभिभावकले माग अघि सार्नुभएको छ ।

निर्मलाको शव उखुबारीमा फेला परेकै दिन तत्तकालिन कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सेठीकै उपस्थितिमा प्रमाण नष्ट भएको र केन्द्रीय अनुसन्धान ब्यूरोका अर्का डिएसपी जिसीले अनुसन्धानमा गम्भिर लार्पबाही गरेकाले दुवैलाई बर्खास्तीको माग अघि सारेका हुन् ।

अधिकारकर्मी र निर्मलाका अभिभावकले घटनामा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र वडा प्रहरीका प्रमुख ईन्सपेक्टर जगदिश भट्टको मात्रै दोष नभएकाले घटनाको अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृत एव कर्मचारीले लार्पबाही गरेकाले उहाँहरुमाथी कार्बाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शव फेला परकै दिन निर्मलाको शुरुवाल पखाल्नेदेखि निर्दोष दिलिप विष्टलाई फसाउनका लागि उनको घरबाट कमिज खल्ती च्यातेर ल्याउन लगाउने अधिकृतलाई कानुनी दायरामा नल्याएसम्म एकदुई जनालाई बलीको बोके बनाएर दोषि पत्ता नलाग्ने अधिकारकर्मीको ठोकुवा छ । अधिकारकर्मीले घटनालाई तोडमोड गर्नका लागि दुई जना प्रहरीलाई मात्रै बर्खास्ती गरेर जनताको आँखामा छारो हाल्ने काम गरेको आरोप लगाएका छन् ।

कञ्चनपुरकी अधिकारकर्मी माया नेगीले निर्मला हत्याकाण्डको छानबिनमा लार्पबाही गरेको भन्दै दुई जना प्रहरी अधिकृतलाई बर्खास्ती गरेको बताउदै उनले दुई जनालाई कार्बाही गरेर घटनाको वास्तविकता नखुल्ने बताए । ‘सिआईबीका डिएसपी अंगुर जिसी र तत्तकालिन कञ्चनपुरका डिएसपी ज्ञान बहादुर सेठीलाई पनि बर्खास्ती गर्नुपर्छ, ‘उनले भनिन्, ‘ति दुवै प्रहरी अधिकृतलाई बर्खास्ती गरे घटनाको थप रहस्य खुल्छ ।’

घटनाको अनुसन्धान गर्नका लागि १३ साउन कञ्चनपुर आएको सिआईबीको टोलीका प्रमुख सिसीले दिलिप पसाउन नास्पति किन्ने बहानामा दिलिपको कमिजको खल्ती च्यातेर ल्याएको उनले बताईन् । घटना स्थलदेखि निर्दोष फसाउने व्यक्तिलाई सरकारले बर्खास्ती गरेन् किन ? यसमा गम्भिर रहस्य छ । तत्तकालिन एसपी विष्ट र वडा प्रहरीका प्रमुख भट्टको भन्दा जिसी र सेठीले जानाजान दुई गुना गल्ती गरेको उनको ठोकुवा छ । शव फेला परेकै दिन डिएसपी सेठीकै सामु महिला प्रहरीले सुरुवाल पखालेर प्रमाण नष्ट गरेको अधिकारकर्मी नेगीको विश्लेषण छ । निर्मलाको न्यायिक आन्दोलनमा अधिकारकर्मीलाई पैशा खाएको आरोपमा उनले आफ्ना ‘न एनजिओ न आईएनजिओ’ भएकाले निराधार आरोप भन्दै निष्पक्ष रुपमा खटिएको दावि गरिन् ।

निर्मलाका बाबु यज्ञराज पन्तले पनि शव फेला परेकै दिन अनुसन्धानमा खटिएका डिएसपी सेठी, सिआईबीका डिएसपी जिसी र घटना स्थलबाट शव छोडेर आउने प्रहरी निरीक्षक एकेन्द्र खडकालाई कार्बाही गर्नुपर्ने बताए ।

उनले छोरीका हत्यारा बचाउन जिसीले निर्दोष दिलिपलाई फसाउन खोजे र घटना स्थलमा प्रमाण नष्ट गर्न अर्का डिएसपी सेठीले खुरुवाल पर्खाल्न लगाए र शव घटना स्थलमै छोडेर ईन्सपेक्टर खडका भागेको उनको आरोप छ । ‘घटनाको अनुसन्धानमा खटिएका सबै प्रहरीले गल्ती गरेका छन्, ‘उनले भने, ‘तर केहीलाई कार्बाही ग¥यो केहीका उन्मुक्ति दिईएको छ, त्यसमा हाम्रो सन्तृष्टी छैन् ।’ जानीजानी प्रमाण नष्ट गर्ने प्रहरीलाई थुनी कार्बाहीको माग गरे । निर्मलाका बाबु यज्ञले छोरीका वास्तविक हत्यारलाई यथाघिश्र सार्वजनिको गर्न माग गरे ।

मुद्दा कमजोर बनाउनका लागि सरकारले राहत बुझ्न दवाव दिईरहेको उनको दुखेसो छ । महिला अधिकारकर्मी एव नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक मिना भण्डारीले प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश प्रशाद भट्टमात्रै दोषि नभएको बताए ।

‘केन्द्रबाट आएको सिआईबीको टोली पनि अनुसन्धानमा खटिएको थियो, ‘उनले भनिन्, ‘प्रमाण लुकाउन, नष्ट गर्न, अपराधी लुकाउन र निर्दोष फसाउन प्रत्यक्ष संलग्न थिए ।’ संयोजक भण्डारीले अपराधी लुकाउने सबै प्रहरीलाई बर्खास्ती गर्नुपर्ने बताए । कञ्चनपुरबासीलाई वास्तविक दोषि चाहिएको बताउदै उनले बर्खास्ती गरिएका दुवै प्रहरीलाई दोषि ठहर भएको भए सोही अनुसार कार्बाही गर्नुपर्ने माग अघि सारे । प्रमाण जुटाउदै नष्ट गर्ने डिएसपीद्वय जिसी, सेठी लगायतको टिम कानुनी दायरामा आउनुपर्ने उनको माग छ । महिला अधिकारकर्मी एव नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक भण्डारीले निर्मलाका हत्यारा सार्वजनिकको माग अघि सार्दै सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने बताए । ‘हामी तिहारसम्म आन्दोलन गर्दैनौँ, ‘उनले भनिन्, ‘सो बेला सम्म पनि दोषि सार्वजनिक नगरि फेरी आन्दोलन चर्काउँछौँ ।’

अधिकारकर्मी नितु भट्टले बर्खास्ती जनताको चाहना नभई वास्तविक दोषिलाई सार्वजनिक गनुपर्ने धारणा व्यक्त गरिन् । अर्की अधिकारकर्मी शारदा चन्दले सरकारले कञ्चनपुरबासीको भावना नबुझेको बताउदै न्याय दिन आलटाल गरेकाले आन्दोलन गर्न बाध्य भएको बताईन् । कञ्चनपुरका व्यवसायीले अधिकारका लागि अघि बढेका महिला अधिकारकर्मी्विच विवाद र सौताजस्तैको झगडाका कारण आन्दोलनले सार्थकता नपाएको बताए । नेकपा कञ्चनपुरका युवा नेता रामचन्द्र रेग्मीले एउटै उदेश्य एउटै माग भए किन ? गुटगुटमा आन्दोलन गर्नुप¥यो ? भन्दै प्रशन गरेका छन् । गुट गुटको आन्दोलनले निहित व्यक्तिको पहिचान हुने उनको दावि छ । आन्दोलन सहि दिशामा अघि बढाउनुपर्ने उनको सुझाव छ ।

नागरिक समाज कञ्चनपुरका संयोजक भगराज रेग्मीले हिंसा भड्काउने खालका आन्दोलनको कुनै तुक नभएको बताउदै उनले शान्तिपुर्ण दवावका कार्यक्रममा जोडदिए । प्रहरीले गरिरहेको अनुसन्धानमा अनावश्यक बखेडा रोक्नुपर्ने उनको भनाई थियो । यातायात व्यवसायी यज्ञ कडेलले घाईतेको उपचारका लागि सरकारले गम्भिर हुनुपर्नेमा जोडदिदै उनले नेपालमा सम्भव नभए विदेशमा लग्नुपर्नेमा जोडदिए ।

कञ्चनपुर प्रहरीले निर्मलाका बलात्कारी हत्यारा खोजीकार्य तिव्र रुपमा अघि बढाएको जनाएको छ । प्रहरीले न्यारोडाउन विधिमार्फत अनुसन्धान भईरहेको बताएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता कृष्णराज ओझाले सिआईबी, एपसी दुर्गा सिह र स्थानीय प्रहरीका छुट्टाछुट्टै टोलीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताए । उनले अनुसन्धान आशावादी रहेको दावि छ । निर्मला पन्तको बलात्कार पछि हत्या भएको झण्डै तीन महिना पुगिसक्दा पनि प्रहरीले वास्तविक हत्यारा पहिचानै गर्न सकेको छैन् । १० साउन साथीको घरमा होमवर्क गर्छु भन्दै हिडेकी निर्मला पन्तको ११ साउन बिहान उखुबारीमा शव फेला परेका थियो ।

प्रतिक्रिया दिनुहोस्