समुदाय प्रहरी साझेदारी कार्यक्रम रुकुममा पनि सुरु



धनवीर दाहाल, रुकुम ।
हर प्रहर गाँउ नगरी, टोलटोलमा नेपाल प्रहरी भन्ने मुल नारा सहित नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम आइतबारदेखी सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले मुसिकोटमा आईतबार समुदाय–प्रहरी साझेदारी कार्यक्रमको औपचारिक उद्घाटन हो ।

गृह मन्त्रालयको केन्द्रीय कार्यक्रम अनुसार रुकुम पश्चिम प्रहरीले पनि हरेक स्थानीय तहसँग सहकार्य गर्दै अभियान संचालन गर्ने बताएको छ । यो अभियान ३८ बर्ष पहिलादेखी संचालनमा रहेको सामुदायिक प्रहरीको अलि बृहत रुप भएको रुकुम प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताउनुभयो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम हरेक पालिकाहरु, वडाहरु, टोल तथा बिभिन्न बिद्यालय स्तर सम्म पुग्ने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

समाजमा अधिकांश घटनाहरु लुकेर रहेको हुँदा प्रहरीको अपराध अनुसन्धानमा स्थानीयको सहयोग हुनुपर्नेमा मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले बताउनुभयो । प्रहरीको यो अभियानलाई सबै स्थानीय तहले भरपुर सहयोग गर्ने रुकुम पश्चिम जिल्ला समुन्वय समिती उपप्रमुख इन्दीरा बुढा मगरले बताउनुभयो ।

नेपाल प्रहरीले जनतासँग सहकार्य गर्नका लागी धेरै अभियानहरु संचालन गरेको छ । मुस्कान सहितको सेवा, प्रहरी हाम्रो साथी लगाएतका अभियानसँगै यस पटक सुरु गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमले पनि सार्थकता पाउनेमा स्थानीयको बिश्वास छ ।

प्रतिक्रिया दिनुहोस्