संगीतमा प्रेमको भिखारी



गायक गगन सरगमले एकल गीति एल्बम प्रेमको भिखारी सार्वजनिक गरेका छन्। आधुनिक शैलीका गीतहरूको उक्त एल्बमका सबै गीतमा संगीतकार निम संगीतले एकल संगीत दिएका छन्।

एल्बममा ५ गीत समावेश छन्। प्रेमको भिखारी शीर्षकको शीर्ष गीत संगीतकार निम संगीतले नै रचना गरेका हुन्। फूल झरेको सम्झ नवराज घिमिरे, तारिफ लक्ष्मण पाण्डे, तिमीले माया मारेपछि घनश्याम गौतम, उनको यादमा निम संगीतले रचना गरेका छन्। एल्बमका गीतहरूलाई निम संगीत, साहस शाक्य, फणिन्द्र राई, गोपाल रसाइली तथा विक्रम कार्कीले संगीत संयोजन गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्