आनन्दको एल्बम सार्वजनिक



ख्यातिप्राप्त गायक आनन्द कार्कीद्वारा संगीतबद्व गीतहरूको अडियो एल्बम नबिर्स राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।
युके निबासी गीतकार घनबहादुर थापाको रचना रहेको गीति एल्बम सार्वजनिक गरिएको हो। लामो समयदेखि युके बस्दै आएका गीतकार थापाको यो चौथो एल्बम हो।

गायक कार्कीको स्वर रहेको गीति एल्बममा उनलाई गायिका अन्जु पन्त, सबिना कार्की र निखिता थापाले साथ दिएका छन्। ७ गीत संगृहित एल्बममा संगीतकार शक्ति बल्लभ, शिखर सन्तोष, दीपक शर्मा, अर्जुन पोखरेल, राजनराज शिवाकोटी र ताराप्रकाश लिम्बुले संगीत दिएका छन्।

बिएफबिस रेडियोमा आयोजित कार्यक्रममा प्रमुख अथिति गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा तथा अतिथिहरू संगीतकार शक्ति बल्लभ, एनटीभी प्लसका प्रमुख तथा सञ्चारकर्मी मनोहरि थापा, गायक आनन्द कार्की, संगीतकार शिखर सन्तोष, समाजसेवी तथा गीतकार प्रकाशकुमार थापालगायतकले एल्बम सार्वजनिक गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्