“जनताको मन नछोएसम्म यस्तो आलोचना भइरहन्छ”



महेश्वरजंग गहतराज (अथक) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद हुनुहुन्छ । बाँकेको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्बाचित उहाँ नेकपा माओबादीमा स्थापना कालदेखि नै लाग्नुभएको हो । २०७० सालको संविधानसभाको निर्बाचनमा बाँके–१ बाटै तत्कालीन नेकपा एमालेसँग पराजित उहाँ निरन्तर रुपमा जनताको सेवामा समर्पित हुँदै आएको बताउनुहुन्छ ।

२०४८ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य हुनुभएका उहाँ पार्टीको जिल्ला सेक्रेटरी र इन्चार्जसमेत बन्नुभयो । १६ बर्षअघिदेखि माओबादी केन्द्रको केन्द्रीय सदस्य रहनुभएका उहाँ संसदीय गतिबिधि आफँले सोचेजस्तो नहुने रहेछ भन्नुहुन्छ । ‘जनताका चाहना धेरै छन्, संसदमा बोल्छौं तर सुनिँदैन यो ठँलो समस्या हो’ उहाँले भन्नुभयो ‘जनतालाई ढाँटेर राजनीति गर्नुपर्छ भन्ने छैन र कहिल्यै पनि त्यो गलत दिशातिर लागिन ।’ निरन्तर रुपमा पार्टीमा सक्रिय भएकाले नै उहाँले वास्तविक नामको पछाडि ‘अथक’ पुच्छर झुण्डयाएको बताउनुभयो । राजनीतिमा थकाई नहुने भएकाले नै अथकको मर्म सार्थक भएको दाबी गर्ने उहाँसँग नेपाल समाचारपत्रका लागि गंगा बरालले गरेको समसामयिक कुराकानी–

संसदीय राजनीतिमा पहिलोपटक आउनुभएको छ कस्तो लागिरहेको छ ?
हो म संसदीय राजनीतिमा पहिलोपटक आएको हुँ । २०७० सालमा पनि संविधानसभाको उम्मेदवार थिँए, निर्बाचन जित्न सकिँन । यसको अर्थ मैले थप काम गर्नुपर्छ भन्ने लाग्यो निरन्तर लागिरहेँ, जनताको समर्थनले अहिले सांसद भएको छु । यो पद ठँलो हो तर मैले यसलाई कहिल्यै पनि गलत ढंगले प्रयोग गरेको छैन र गर्दिन पनि ।

संसदको सुरुवाती दिनमा केही चुपचाप नै लागेँ, अरुले बोलेको सुनेँ र केही बुझेपछि बोल्न थालेको छु । मैले कहिल्यै पनि व्यक्तिगत स्वार्थका लागि केही मागेको छैन, जबसम्म मेरो ठाउँका जनता सन्तुष्ट हुन सक्नुहुन्न तबसम्म म नेता भएको पनि अर्थ रहने छैन भन्ने लाग्छ ।

तपाइले संसदीय अभ्यासमा सोचेभन्दा के फरक पाउनुभयो ?
हुन त सबै कुरा पाएको र नपाएको भन्ने बेला भएको छैन । संसद भएर काम गर्न थालेको ८ महिना पुग्न आँटेको छ । केही कामको सुरुवात गरेको छु । संसद असाध्यै औपचारिक मात्र भएको छ । यसरी कर्मकाण्डी पाराले संसद र संसदीय गतिबिधि चल्न सम्भव छैन । सांसदले बोलेका कुरा सुनुवाई हुनसकेको छैन ।

जायज कुरा बोल्दा पनि सुनिएन भने हामीले त्यो माग लिएर कहाँ जाने भन्ने समस्याले कहिलेकाँही पिरोल्ने गरेको छ । कानुन बनाएपछि मात्र कुनै कुरा कार्यान्वयन हुने अवस्था छ, त्योभन्दा अघि गरिएका प्रयास निरर्थक हुनु र नसुनिनु दुःखद् पक्ष हो । राम्रो कुरा जसले गरे पनि सुन्नुपर्छ तर मुख्य समस्या सत्ता पक्ष र प्रतिपक्षीको नजरले हेरिन्छ, यो प्रथाको अन्त्य हुन जरुरी छ । संसद् जनताको साझा थलो हो, यसलाई यही ढंगले प्रयोग गरिनुपर्छ ।

चित्त नबुझेका कुरा कहिलेकाँही पार्टी र अन्य निकायमा राख्छौं तर पनि मतलब गरिँदैन । संसद्मा उठाइएका ‘जेन्यँन’ मागलाई सुन्नुपर्छ तर पार्टीको नाम जोडेर गलत व्याख्या गरिने काम बन्द गर्नुपर्छ । परम्परागत ढंगले संसद् चल्न सक्दैन ।

तपार्इँका जिल्लामा खास समस्या के छन् र निर्बाचनमा जाँदा के–के गर्छु भन्नुभएको थियो ?
मैले नचाहिँदा कुरा गरेर जनतामा भ्रमको खेती गरेर मत मागिन र त्यसो गर्नुपर्छ भन्ने कुबुद्धि पनि पलाएन । मेरो क्षेत्रमा पनि धेरै क्षेत्र बिकट छ ।

जनताले सरकारको अनुभँति पाउन सकेका छैनन्, म दिनरात मन्त्रालय धाएर योजना पार्दै आएको छु । कतिपय अवस्थामा त एउटै मन्त्रालयमा काम होस् भनेर ४–५ घण्टा बसेको छु । मुख्य चुनौती विद्युतीकरण हो, ३० मध्ये १३ वडामा विद्युत छैन, एउटामा पहल गरेर पु¥याएको छु, अरुमा पनि पहल गरिरहेको छु । २०७७ सालसम्ममा सबै वडामा विद्युत पु¥याउने लक्ष्य हो ।

हुलाकी राजमार्गको योजना पनि अघि बढेको छ । सिस्टमले काम गर्ने भए कतै पनि अनावश्यक दौडनुपर्ने थिएन तर फाइल अल्मलिने र हराउने पुरानै परम्पराले साँच्चै समस्या पारेको छ । नेपालगञ्जलाई अन्तर्राष्ट्रिय बिमानस्थल बनाउनुपर्छ भन्ने अभियानमा लागेको छु । आगामी जनवरीदेखि भारतसँगको बिमान सम्पर्क पनि हुने भएको छ । बाँकेको बिकास भए २४ जिल्लाले प्रत्यक्ष लाभ पाउने छन् ।

भारतका कारण तराईमा डुबानको समस्या छ, मैले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको बेला पनि यो विषय उठाएको थिँए । जनताका समस्या धेरै छन् सबै माग अहिले नै पुरा गर्नुपर्छ भन्ने छैन तर प्राथमिकताका आधारमा गर्दै जानुपर्ने सरकारको दायित्व पँरा हुनसकेको छैन । राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजना छिटोभन्दा छिटो पँरा हुनसकेमात्र थप आशाबादी हुन सकिन्थ्यो । राप्ती नदीले पनि हजारौं बिघा जग्गा डुबान गरेको छ भने कटानको समस्या उस्तै छ । यी सबै समस्याको पहल गरिदिनका लागि सरकार र सरोकारवाला निकायलाई घच्घच्याइरहेको छु तर आशा गरेअनुसार काम नहुँदा दुःख लागेको छ ।

विपक्षी दलका कारण काम गर्न केही समस्या छ कि ?
मैले कसैलाई विपक्षी भनेर सम्झेको नै छैन त्यसैले अरुले पनि मलाई आफ्नै सांसदजस्तै सम्झेर माया गर्नुहुन्छ । सामाजिक चासो र सरोकारको विषयमा आपसी छलफलबाट नै निर्णय लिने गरेको छु । यसअघिका सांसदसँग पनि बारम्बार अन्तरक्रिया गरेको छु, यो क्षेत्रका लागि के गर्दा राम्रो हुन्छ भनेर सोधीखोजी गरेपछि गुनासो गर्ने ठाउँ नै रहँदो रहेनछ ।

मेरो क्षेत्रमा रहेका गाउँपालिकामा फरक पार्टीले नेतृत्व गरेको भए पनि त्यस्तो महसुश हुन दिएको छैन । बेरोजगारीको अन्त्य गर्ने र कृषिमा आधुनिकीकरण गर्ने योजना अघि बढाउनु जरुरी छ, यो जनताको चाहना हो । पर्यटन क्षेत्रको पनि सम्भावना भएको ठाउँ हो यसको लागि पनि पहल गरिरहेको छु ।

सरकार बनेको ८ महिना बितिसक्दा पनि भनेजस्तो काम हुन नसकेको जनताको गुनासो छ नि ?
हो हामीले हिजो निर्बाचनमा जाँदा धेरै कुरा गर्छौं भनेर जनतामा प्रतिवद्धता जनायौं, त्यो जनताले खोज्नु अस्वाभाविक होइन । मुख्य कुरा के हो भने सरकार तत्कालै गर्नुपर्ने कामतिर चासो नदिएर कता अल्मलिएको छ भन्ने मलाई पनि लाग्न थालेको छ ।

संघीय सरकारले ठँला योजनाका काम गर्नुपर्छ, प्रदेशले सम्बृद्धिको नेतृत्व गर्नुपर्छ र स्थानीय तहले बिकासको जिम्मेवारी लिनुपर्छ । अहिले यी ३ तहका सरकारबीच आपसी समन्वय नहुँदा अलमल भएजस्तो छ । अधिकार क्षेत्र स्पष्ट नहुनु एउटा समस्या हो भने अर्को कुरा जसलाई जे अधिकार दिएको छ उसले जिम्मेवारी वहन नगने परिपार्टी गलत छ ।

जनताले हिजोको दिनमा सानो कुरा माग्नुपर्दा पनि केन्द्रको भर पर्नुपरेको थियो तर आज त्यो अवस्थाको अन्त्य भएको छ । संघीय सरकारले बिकास र समृद्धिको मँल मर्मलाई आत्मसात गर्दै अघि बढ्न सके प्रदेश र स्थानीय तह पनि जागरुक हुने भएकाले हामीले देखेको बिकासको सपना छिटै पँरा हुन सक्छ । स्थानीय तहलाई धेरै अधिकार भएकाले कामको बोझ थेग्नै गाह्रो भएको छ ।

केन्द्रीय सरकारले तल्लो तहमा कर्मचारी पठाउन सकेको छैन, संरचनाहरु अलपत्र भएका छन्, यो समस्याको हल नखोजिकन केबल अरु खोक्रा कुरा गरेर मात्र जनताको मन जित्न सकिँदैन । सरकारले दीर्घकालीन महत्वका विषयमा चासो राख्न सकेको छैन । जनताको जिवनस्तर उकास्ने खालका कार्यक्रम ल्याएको खण्डमा र उनीहरुले प्रतक्ष्य लाभ पाएको महसुश गरेमा सरकारप्रतिको आलोचना पनि कम हुँदै जाने थियो ।

पार्टी एकता भएको ५ महिना बितिसक्दा पनि एकताको भावना अनुसारको संरचना बन्न सकेनन् नि ?
कुरा सत्य हो, पार्टी एकता हुँदा जुन जोश र जाँगर थियो त्यो अहिले सेलाएको छ । तल्लो तहमा कमिटी नबनेकाले सरकारले गरेका कामलाई त्यहाँसम्म पु¥याउन सकिएको छैन । जबसम्म कमिटीले राम्रो काम गर्दैन तबसम्म तलका समस्या के रहेछन् भनेर माथ्लो तहसम्म ल्याउन पनि सकिँदैन ।

अहिलेको यो गम्भीर समस्या हो । एकता व्यवहारिक हुन सकेमात्र जनताको विश्वास जित्न सकिन्छ । अहिलेका जनता आफैंमा शिक्षित र बुझ्ने भएकाले हामीले चाहेर पनि झुक्याउन र अल्मल्याउन सक्दैनौं त्यसैले सही काम गर्नु हाम्रो कर्तव्य हो ।

 

प्रतिक्रिया दिनुहोस्