काठमाडौं आउ जाउ गर्न हेलिकप्टरको नयाँ रुट बनाइँदै



दीपेन्द्र थापा, काठमाडौं
हवाई चापलाई व्यवस्थित गर्नको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले नदी र राजमार्गलाई पच्छ्याउँदै उपत्यक भित्रिने र बाहिरिने हेलिकप्टर रुट अर्थात हेलिलेन विस्तार गर्ने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढिरहेको हवाई चापलाई थप व्यवस्थित गर्नको लागि विद्यमान हेलिलेनलाई थप परिमार्जन र विस्तर विस्तार गर्न लागिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

विमान उडान गर्दा हेलिकप्टरलाई बाधा नपुग्ने र हेलिकप्टर उडान गर्दा विमानलाई पनि बाधा नपुग्ने गरी हेलिलेन विस्तार गर्न लागिएको नागरिक उड्डयन प्राधिरणका उपमहाप्रबन्धक राजन पोखरेलले बताउनुभयो।

‘प्राधिकरणले हेलिलेन विस्तार तथा परिमार्जनका लागि कार्यदलने गठन गरी काम शुरू गरिसकेको छ, मंसिरको दोस्रो हप्तामा नै कार्यदलले हेलिलेन विस्तार गरि काम पूरा गर्ने छ,’ प्राधिकरण उपमहानिर्देशक पोखरेलले भन्नुभयो।

विमान र हेलिकप्टरको रुटमा विस्तार नगर्दा हाल विमान उडान गर्दा हेलिकप्टरलाई र हेलिकप्टर उडान गर्दा विमानलाई अवरोध भइरहेको छ जस्ले गर्दा विमानस्थलमा एयर ट्राफिकको चाप भइरहेको छ। त्रिभुवन विमानस्थलमा दैनिक सयभन्दा बढी हेलिकप्टरको उडान अवतरण हुने गरेको उपमहानिर्देशक पोखरेलले बताउनुभयो।

हाल प्राधिकरणले संञ्चालन गरिरहेको हेलिलेनमा उपत्यमा प्रवेश गर्ने र बाहिरिने हेलिकोप्टरका लागि ८ वटा रुट रहेकामा ५ नोटिकल माइलभित्र सीमित रहेको हेलिलेनलाई विस्तार गरी ३० नोटिकल माइलमा विस्तार गर्ने योजना प्राधिकरणको रहेका प्रधिकरणको भनाइ छ।

प्राधिकरणले हाल ४ हजार ८ सय फिट भन्दा तलको सतहमा रहेर सीतापाइला, कीर्तिपुर, कमलविनायक, टोखा, चाँगु, सुुन्दरीजल, कृष्णडोल र खोकना हँुदै हेलिकोप्टर विमानस्थलमा अवतरण र उडान गर्दै आएका छन्। प्राधिकरणले वरिष्ठ उडान सञ्चालन निरीक्षक गुुञ्जमान लामाको नेतृत्वका हेलिले विस्तारको गरहेको छ। कार्यदलले राजमार्ग तथा नदीको किनारै किनारको बाटोलाई अवलम्बन गर्दै हेलिलेनको विस्तार रुट पेश गर्ने र सो आधारमा नयाँ हेलिलेन लागू गरी संञ्चालनमा आउने उपमहानिर्देशक पोखरेलको भनाइ छ।

आगामी दिनमा प्राधिकरणले ७ हजार ५ सय फिटको मुनी रहेर हेलिकप्टर उडान गर्न योजना प्राधिकरणको रहेको छ। हालसम्म नेपालमा हेलिकप्टरको संख्या ३५ वटा रहेको छ भने ७९ वटा विमान रहेको छन् साना अल्ट्रासाउन्ड विमानको संख्या १५ वटा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्