भूकम्पको धक्का



एथेन्स, (एजेन्सी)
ग्रिक टापु जाकिन्थोसको दक्षिण भागमा शुक्रबार आएको ६ दशमलव ४ रेक्टर स्केलबराबरको भूकम्पको धक्का पश्चिमी ग्रिसभरि महशुस गरिएको ग्रिक सञ्चार माध्यमले जनाएको छ। स्थानीय समयअनुसार बिहान १ बजेर ५४ मिनेट जाँदा आएको यस भूकम्पमा कोही पनि घाइते नभएको आपतकालिन उद्धार निकायले जनाएको छ। तर स्थानीय बन्दरगाह र १३औं शताब्दिको जाकिन्थोसको दक्षिणमा रहेको गुम्बा नराम्ररी क्षतिग्रस्त भएको बताइएको छ। घन्टौंपछिसम्म बारम्बार पराकम्पन आइरहेकाले स्थानीय विद्यालयहरू बन्द गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्