सांगीतिक कार्यक्रम र शुभकामना



लमजुङ, (नेस)। लमजुङमा तिहार तथा छठ पर्वको अवसरमा सांगीतिक कार्यक्रमका साथ शुभकामना आदानप्रदान गरिएको छ। लमजुङ उद्योग वाणिज्य संघ र लमजुङ सेवा समाज कतारको संयुक्त आयोजनामा बेंसीशहरस्थित फूलबारी मञ्चमा भएको कार्यक्रममा राष्ट्रियस्तरमा गायन व्यक्तित्व बनाउन सफल कलाकारको विशेष प्रस्तुति रहेको थियो।

शिवराज गौतमले सिस्कोफोनमार्फत मालश्री धुनबाट शुरू गरेको कार्यक्रममा चोलेन्द्र पण्डितले शिव भजन गाएर दर्शक नचाएका थिए।

लोक गायिका मञ्जु विकले नारायण रायमाझी र शर्मिला गुरुङको स्वरको गीत मेरो माया छ भने राधा, हातको औंठो काटेर देऊ आधा गीत पाएर दर्शकलाई मन्त्रमुग्ध बनाएकी थिइन्। त्यसैगरी, राजेश कुताल क्षेत्रीले गाएको गीतलाई पनि दर्शकले निकै मन पराएका थिए। त्यस्तै गायिका माण्डवी त्रिपाठीले सिम्पल सिम्पल कान्छीको डिम्पल पर्नेे गाला गाएर दर्शक उफारिन्।

कार्यक्रममा प्रिया श्रेष्ठ, सुनिता अधिकारी, सुनिल परियारले पनि आ–आफ्नो प्रस्तुति दिएका थिए। नृत्यांगना अश्मी गुरुङले हिजो राति तिमीलाई देखें सपनीमा, कस्तो संयोग देखें आज विपनीमा बोलको गीतमा प्रस्तुत गरेको नृत्य दर्शकले निकै मन पराएका थिए। त्यसैगरी, एसिया भण्डारीले पनि नृत्य प्रस्तुत गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्