अमेरिकी ब्रान्ड ५.११ नेपालमा



काठमाडौं, (नेस)
विश्व विख्यात अमेरिकी ब्रान्ड ५.११ को आधिकारिक शो रुम नेपालमा पनि सञ्चालनमा आएको छ। विश्वभरका सुरक्षा निकायले सबैभन्दा बढी प्रयोग गर्दै आएको उक्त ब्रान्ड आजु ब्रान्डले नेपाल भित्याएको हो।

दरबारमार्गस्थित शेर्पा मलको ग्राउन्ड फ्लोरमा बिहीबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको शो रुममा सो ब्रान्डका पाइन्ट, ज्याकेट, टिर्सट, जुत्ता र झोलालगायतका उपत्पादन उपलब्ध छन्। हलिउड फिल्म उद्योगमा समेत यो ब्रान्डका ज्याकेटदेखि झोलासम्म प्रयोग हुने गरेको सञ्चालक सञ्जीव तुलाधरले जानकारी दिनुभयो।

ब्रान्ड नेपालका सुरक्षा निकाय र खेलाडीलाई लक्षित गरी भित्याइएको उहाँले बताउनुभयो। फाइभ प्वाइन्ट इलेभेनले ३ वर्ष अघिको महाभूकम्पका बेला उक्त ब्रान्डका सामान निःशुल्क रूपमा पठाएर सहयोग गरेको थियो। संयुक्त राष्ट्रसंघको आह्वानमा विभिन्न द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि खटिने सैनिकले पनि यो ब्रान्डका सामान प्रयोग गर्दै आएका छन्। आजु ग्रुपले यस अघि एडीडास, रिबुक, लिभाइज नेपाली बजारमा भित्याइसकेको छ।

प्रतिक्रिया दिनुहोस्