न्यायालय भंग



इस्लामावाद, (एजेन्सी)

पाकिस्तानका पूर्वसैन्य शासक परवेज मुसर्रफविरुद्ध देशद्रोहको मुद्दामा सुनवाइ गरिरहेको लाहोर उच्च अदालतको न्यायिकमण्डल भंग भएको छ।

प्रमुख न्यायाधीश यावर अली सेवानिवृत्त भएपछि उक्त पीठ भंग भएको हो। न्यायाधीश अलीले तीन सदस्यीय पीठको नेतृत्व गरिरहेका थिए जसमा न्यायाधीश मजहर अकबर र ताहिरा सफदर समावेश थिए। ७५ वर्षीय पूर्व जनरल मुसर्रफ सन् २०१६ मार्चदेखि दुबईमा बस्दै आइरहेका छन्। उनीमाथि सन् २००७ मा संविधान निलम्बित गरेको मामिलामा देशद्रोहको मुद्दा चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्