१३ खेलाडी २ लाखभन्दा बढीका



???????????????????

फिरोज राजोपाध्याय,
पोखरामा आजबाट शुरू हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत खेलाडी लिलामीमा ११ खेलाडीलाई २ लाखभन्दा बढी रकम तिरिएको छ। लाजिम्पाटको सांग्रिला होटलमा भएको लिलामीमा अनिलकुमार साह, करण केसी, ललित भण्डारी, रोहितकुमार पौडेल, विनोद भण्डारी, शक्ति गौचन, प्रदीपसिंह ऐरी, सुनिल धमला, सागर पुन, नरेश बुढाऐर, वसन्त रेग्मी, दिलिपनाथ र मोहम्मद आरिफ शेख २ लाखभन्दा बढी रकममा बिक्री भएका हुन्।

यस्तै १ लाखभन्दा बढी रकममा बिक्री हुनेमा कमै खेलाडी रहेका छन्। यी भाग्यमानी खेलाडी हुन्– सिद्धान्त लोहनी, भीम सार्की, राजेश पुलामी, भुवन कार्की, पवन शर्राफ, ललित राजवंशी, सुसन भारी, अमरसिंह रौतेला, सागर ढकाल र हरि चौहान।

३ श्रेणीमा विभाजन गरी मूल्य तोकिएको थियो। क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको थियो। उनीहरूका लागि ५० हजारबाट बोली शुरू गरेर अधिकतम २ लाख ५० हजार रुपियाँसम्म मूल्यको सीमा तोकिएको थियो।

यस्तै क्याप्ड एज लेभलमा नेपालको उमेर समूहका खेलाडीका लागि न्यूनतम ५० हजार र अधिकतम १ लाख मूल्य राखियो। त्यस्तै अनक्याप्ड श्रेणीमा नेपालको राष्ट्रिय र उमेर समूहको टोलीबाट खेलेका बाहेकका खेलाडी रहेका थिए। क्याप्ड सिनियर खेलाडीको न्यूनतम मूल्य ५० हजार राखिएको थियो भने अधिकतम मूल्य २ लाख ५० हजार राखिएको थियो।

को, कहाँ, कतिमा बिक्री

विराटनगर टाइटन्स

सन्दीप लामिछाने (मार्की खेलाडी), प्रदीपसिंह ऐरी (२ लाख ४० हजार), सुनिल धमला (२ लाख २० हजार), शाहव आलम र राजेश पुलामी (१ लाख ५० हजार), दीपेश श्रेष्ठ र किशोर महतो (९० हजार), राजु रिजाल (८५ हजार), जितेन्द्र मुखिया (७५ हजार), जितेन्द्रसिंह ठकुरी (७० हजार), हिमांशु दत्त र पुष्प थापा (५० हजार), रविन जोशी (३० हजार)।
कुल खर्चः १३ लाख

बचतः ०

बुटवल ब्लास्टर्स
सोमपाल कामी (मार्की खेलाडी), ललित भन्डारी र सागर पुन (२ लाख ५० हजार), सिद्धान्त लोहनी (१ लाख ६० हजार), भीम सार्की (१ लाख ५० हजार), हरि चौहान र अविनास बोहोरा (१ लाख), शंकर राना (८० हजार), मोहम्मद सम्साद शेख (६० हजार), प्रकाश केसी र हासिम अन्सारी (५० हजार), पुरन विश्वकर्मा, नितेश थापा र विपिन खत्री (३० हजार)।

कुल खर्चः १२ लाख ९० हजार

बचतः १० हजार

चितवन राइनोज
पारस खड्का (मार्की खेलाडी), अनिलकुमार साह, करण केसी, मोहम्मद आरिफ शेख (२ लाख ५० हजार), शक्ति गौचन (२ लाख १० हजार), भुवन कार्की (१ लाख ५० हजार), हरिशंकर साह (९० हजार), राम नरेश गिरी र सोनु तामाङ (८५ हजार), विनोद लामा (७० हजार), सुमित महर्जन (५० हजार)।

कुल खर्चः १४ लाख ९० हजार

बचतः १ लाख ९० हजार

धनगढी ब्लुज

दीपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), दिलिपनाथ (२ लाख ४० हजार), कमलसिंह ऐरी (१ लाख ५० हजार) , सागर ढकाल (१ लाख ३० हजार), योगेन्द्रसिंह कार्की (१ लाख १० हजार), सौरभ खनाल (१ लाख), सन्तोष भट्ट, सन्दीप सुनार र सन्दीप जोरा (९० हजार), रोविन क्षेत्री (६० हजार), मन्जित श्रेष्ठ (५० हजार), फिर्दाेस अन्सारी र सन्दीप रसाइली (३० हजार)।

कुल खर्चः १२ लाख

बचतः १ लाख

काठमाडौं रोयल्स

ज्ञानेन्द्र मल्ल (मार्की खेलाडी), वसन्त रेग्मी (२ लाख ५० हजार), नरेश बुढाऐर (२ लाख ३० हजार), पवन सर्राफ, अमित श्रेष्ठ र सुसन भारी (१ लाख ५० हजार), पृथु बाँस्कोटा (१ लाख २० हजार), अमरसिंह रौटेला (१ लाख), आदिल खान र नन्दन यादव (५० हजार), सुमित झा (३० हजार)।

कुल खर्चः १२ लाख ८० हजार

बचतः २० हजार

पोखरा पल्टन

शरद भेष्वाकर (मार्की खेलाडी), रोहितकुमार पौडेल र विनोद भन्डारी (२ लाख ५० हजार), मेहबुब आलम (१ लाख ६० हजार), कुशल भुर्तेल (१ लाख ५० हजार), ललितनारायण राजवंशी र कृष्ण कार्की (१ लाख), मोहम्मद आसिफ शेख (८० हजार), रसिद खान (७० हजार), विक्रम भुसाल र इशान पान्डे (५० हजार), दिव्यान्शु मलिक (३० हजार)।

कुल खर्चः १२ लाख ९० हजार

बचतः १० हजार

पुरस्कार रकम पनि मोटो

नमस्ते प्रिमियर लागर बियरको प्रायोजन पाएको पीपीएलको विजेता टोलीले २७ लाख नगद पुरस्कार पाउनेछ। क्विन्स् इभेन्टस् प्रालिद्वारा आयोजित प्रतियोगितको दोस्रो हुने टोलीले १० लाख रकम प्राप्त गर्नेछ। यसै गरी म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले लाईभीजी अटोमोबाइल्सको तर्फबाट सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल हासिल गर्नेछन्। यस्तै हरेक खेलको विजेता टोलीले रिलायन्स सिमेन्ट विनिङ बोनसस्वरूप नगद पुरस्कार १५ हजार ५ सय रुपियाँ हात पार्नेछन्।

प्रतिक्रिया दिनुहोस्