रुस र चीनलाई दबाब दिन अमेरिकाले परमाणु हतियार बनाउँछ ः ट्रम्प



वासिंगटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनलाई दबाव बनाइराख्न अमेरिकाले आफ्नो परमाणु हतियार मजबुत बनाउने चेतावनी दिएका छन्।

रुसले सन् १९८७ को इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्सेज (आईएनएफ) सन्धिको उल्लंघन गरेको पनि उनले दोहोर्याए। यसअघि उनले उक्त सन्धिबाट अमेरिका हट्ने बताएका थिए। यद्यपि रुसले कुनै प्रकारको उल्लंघनको आरोपको खण्डन गरेको छ। रुसले पनि यदि अमेरिका थप हतियार बनाउँछ भने यसको जवाफमा आफूले पनि हतियार बनाउने चेतावनी दिइसकेको छ।ट्रम्पले चेतावनीको भाषामा मान्छेको होस नखुलेसम्म अमेरिका आफ्नो हतियार बनाइरहने बताए। उनले भने– ‘यो धम्की हो तपाईं यसमा जसलाई पनि समावेश गर्न सक्नुहुन्छ। चाहे तपाईं चीनलाई समावेश गर्नुस्, चाहे रुसलाई। यसमा उनीहरू सबै आउँछन् जसले खेल खेल्न चाहेका छन् र सम्झौताको भावनाको पालना गरेका छैनन्।’

यसबीच अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले मस्कोमा वार्ता गरेका छन्। अमेरिका जुन सम्झौताबाट बाहिरिने बताइरहेको छ, रुसले त्यसको निन्दा गरेको छ। बोल्टनले अमेरिका बाहिरिनु अप्रसार व्यवस्थाका लागि ‘गम्भीर धक्का’ हुनेछ।

यसैबीच रुसको सुरक्षा परिषद्का सचिव निकोलाई पाट्रसेफले आईएनएफमा आपसी गुनासो हटाउन क्रेमलिन अमेरिकासँग काम गर्न तयार रहेको बताए। बोल्टनको भ्रमणसँगै रुसले चेतावनी दिँदै परमाणु शक्ति सन्तुलन बनाइराख्नका लागि आफूले कदम उठाउने बताएका थिए।

यस मुद्दामा अमेरिकी पक्षको स्पष्टिकरण सुन्नु आवश्यक भएको क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोफले बताए। उनले भने– ‘सन्धि तोड्नुको कारण रुसले आफ्नै सुरक्षाका लागि कदम उठाउनुपर्नेछ।’ शीतयुद्धको अन्तिम वर्षमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र अन्तिम सोभियत नेता मिखाइल गोर्बाचेवले आईएनएफ सन्धिमा हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्