सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक नायब महानिरीक्षकमा बढुवा



काठमाडौँ ।
गृह मन्त्रालयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु ६ जनालाई सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गरेको छ । उनीहरुलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियिम ३९ को उपनियम (१) (ख) बमोजिम मंगलबार बढुवा गरेको हो ।

बढुवा हुनेमा ईन्जिनियर प्रजाभक्त श्रेष्ठ, राम अर्याल, नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र गोविन्द क्षेत्री रहेका छन् ।
यदि बढुवा भएकाहरुमा कुनै चित्त नबुझे सशस्त्र प्रहरी नायब उपरीक्षकहरुले नियम ५५ को व्यवस्था बमोजिम ७ दिन भित्र उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने व्यवस्था मिलाईएको विज्ञप्तीमा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्