लागु औषधसहित एक जना पक्राउ



पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुरमा लागु औषधसहित एक जना पक्राउ परेका छन् । सुर्यविनायक नगरपालिका ६ चुनदेबीबाट पक्राउ पर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका ७ घर भई हाल चुनदेबीमै बस्ने बर्ष २६ को सन्तोष भन्ने दानिज खड्का रहेका छन् । चेकजाँचका क्रममा बिक्री बितरण गर्न भनि साथमा लिई हिडिरहेको अवस्थामा लागुऔषध सहित खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका खड्काबाट नोर्फिन ११३ थान, डाईजेल्याब ५० थान, फेनरागन ९० पिस र सिरिन्ज ३१ पिस बरामद भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त जगातीले लागुऔषध मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भईरहेको जनाएको छ । खड्का लामो समयदेखि लागुऔषध प्रयोगकर्ता समेत रहेकोले अस्पताल पठाई उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्