प्रमुख–उपप्रमुख समर्थकबीच झडप



बारा ।
बाराको पचरौता नगरपालिकामा प्रमुख रमेश यादव र उपप्रमुख इन्दुदेवी समर्थक बीच सोमबार दिउँसो बेनौलीमा भएको झडपमा ३ जना घाइते भएका छन । झडप नियन्त्रण गर्न प्रहरीले १३ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । झडपमा घाइते मध्ये अवस्था गंभिर रहेका नगरपालिका ४ का ५८ बर्षिय नन्दकिशोर यादवको वीरगंजस्थित नेशनल मेडिकल कलेजको आइसियुमा राखेर उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बाँसको लाठी र फार्सा प्रहारबाट यादवको टाउकोमा गहिरो चोट लागेको छ । अन्य समान्य घाइते भने स्थानीय क्लिनिकमा उपचारपछि घर फर्किको प्रहरीले जानकारी दिएको छ ।

२ नम्बर प्रदेश सरकारको सहयोगमा बेल्दारी टोलमा निर्माण हुन लागेको २५ शैयाको अस्पतालको उपप्रमुख देवी लगायत बेनौलीका स्थानीयले विरोध गरेपछि पुर्व निर्णय अनुसार नै अस्पताल निर्माण हुनु पर्ने माग राखेर नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाउन जादै गरेको पचौरौता चौतर्फी विकास संघर्ष समितिका अध्यक्ष अवधभुषण यादव सहितको समुहमाथि बनौली चोकमा बाटो छेकेर आक्रमण भएपछि देहोरो झडपको अवस्था सृजना भएको थियो । ‘४÷५ जना साथीहरु शान्तिपुर्ण रुपमा ज्ञापन पत्र बुझाउन जादै थियौं, अध्यक्ष यादवले भने, एक्कासी लाठी र फार्साले आक्रमण गरियो ।’ ‘मद्दतका लागि पुगेका अरु साथीहरुमाथि पनि आक्रमण गरेर घाइते पारियो ।’

संघर्ष समितिका जोगन्द्र राम, र सुखाडी राम पनि घाइते भएको यादवले जानकारी दिए । उनले ज्ञापन पत्र बुझाउन जाने सर्वसधारणमाथि स्थानीय जालन्धर सिंहको नेतृत्वमा आक्रमण भएको बताए । नन्दकिशोरको अवस्था गंभिर रहेको र जिल्ला अस्पताल कलैयमा उपचार हुन नसकेपछि वीरगंज पठाइएको उनले जानकारी दिए ।

शुरुमा भागेर फर्किएमा मानिसहरु ठुलो समुहमा नारा जुलुस सहित पुन ज्ञापन पत्र बुझाउन आएपछि दोहोरो झडप परेको र नियन्त्रणको लागि अश्रुग्यास र लाठी प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक रञ्जित सिंह राठौरले बताए । प्रहरीले संयमताका साथ झडप नियन्त्रणमा लिएका कारण थप धनजनको क्षेतिबाट जोगिएको नायव उपरीक्षक राठौल बताए । जुलुसका सहभागीहरुले उपप्रमुख विरुद्ध पनि नाराबाजी गरेका थिए । स्थिति नियन्त्रणमा आएपछि अध्यक्ष यादव सहित ३ जनाको टोली प्रहरीको भ्यानबाट नगरपालिका कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका थिए ।

नगरप्रमुख यादवले नगरपालिकाकाभित्र जनप्रतिनिधिहरुलाई काम गर्न नदिने र विकास निर्माणमा भाजो होल्न खाज्ने स्वार्थी तत्व विरुद्ध उत्रिएका सर्वसधारणमाथि आक्रमण गरिएको बताए । ‘नगरको विकास निर्माण बारेमा ज्ञापन पत्र बुझाउन आउने क्रममा आक्रमण हुनु दुखद घटना हो, प्रमुख यादवले भने अफना प्रतिनिधिहरुलाई भेटन र गुनासा पोख्न कसैले पनि रोक्न मिल्दैन ।’ प्रमुख यादवले अस्पताल बनाउने निर्णय प्रदेश सरकारको भएकोले सो विषयमा नगरपालिकालाई जोडेर विरोध गर्न नहुने बताए । झडप परेको स्थान नगरपालिका कार्यालय भन्दा करिव २ सय ५० मिटर दक्षिणमा पर्छ भने झडपको समयमा नगर प्रमुख र उपप्रमुख दुबै कार्यालयमा रहेका थिए । उपप्रमुख देवीले भने नगरपालिकाका अधिकांश जनतालाई अपायक पर्ने स्थानमा अस्पताल निर्माण गर्न लागिएकाले समस्या सृजना भएको बताइन । उनले आफनो कारणले नभै नगरप्रमुखको एकलौटी कृयाकलापले नगरमा समस्या आएको बताइन ।

नगरपालिकामा भ्रष्टाचार मौलाएको भन्दै यसअघि उपमेयर समर्थकहरुले पचरौता संघर्ष समितिको नाममा गत असोज २२ गते नगरपालिकामा ज्ञापन पत्र बुझाएपछि प्रतिउत्तरमा मेयर यादव समर्थकले पनि ज्ञापन पत्र बुझाएका हुन । मेयर यादव संघीय समाजवादी पार्टी र उपमेयर इन्दुदेवी राजपा नेपालबाट विजयी भएका हुन । स्थानीय निर्वाचनमा दुबै संयुक्त प्यानलमा चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्