शसस्त्र प्रहरी बलका एसएसपी संजय राणाले दिए राजीनामा



काठमाडौा ।

सशस्त्र प्रहरी बलका एसएसपी संजय राणाले पदबाट राजीनामा दिएका छन्। विपत व्यवस्थापनको जिम्मेवारीमा रहेका राणाले कात्तिक ५ गते सशस्त्र प्रहरी मुख्यालयमा आफ्नो राजीनामा बुझाएका हुन्।

आफूहरुलाई बढुवामा पछि पार्ने गरी सशस्त्र प्रहरी नियमावली परिवर्तन गरिएको र पटक पटक ध्यानाकर्षण गराउदाँ पनि सुनुवाइ नभएपछि राजीनामा दिन बाध्य भएको राणाले बताएका छन् ।

नियमावली सच्याउन पटकपटक दबाब दिएपनि सुनुवाई नभएपछि राजीनामा दिनु परेको उनले बताए ।

प्रहरी निरीक्षक र सो भन्दा माथिका पदहरु बढुवा हुन लागि तालिम खारेज गरेर शैक्षिक योग्यता स्नातक हुनुपर्ने नयाँ प्रावधान रहेको छ ।

नयाँ प्रावधान नयाँ आएपछि दर्जनौ प्रहरी अधिकारीको बढुवा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्