अस्पतालले क्षतीपुर्ती दिने सहमतिमा आन्दोलन स्थगित



सरिता चलाउन, सल्यान ।
सल्यानमा डाक्टरको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै पिडितले दिनभर क्षेतिपुतिर्को माग सहित आन्दोलन गरेपछि मृतक बालकका परिवारलाई अस्पतालले क्षेतीपुर्ती दिने सहमति भएसगै पीडित पक्षले आन्दोलन रोकेका छन ।

जिल्लाको बागचौर नगरपालिका वडा नमबर ७ कोटबारा निवासी ९ बर्षिय युवराज ओलीको जिल्ला अस्पताल सल्यानमा डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफ्नतल क्षेतिपुर्तिको माग गर्दै आन्दोलन गरेका थिए । कार्तिक ४ गते बिरामी बालकलाई बुबा भेनसेन ओलीले उपचारका लागि अस्पताल पुर्याएका थिए ।

यौन लिंगमा सामान्य समस्या देखिएपछि उनको उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल लगिएपछि डाक्टरले सामान्य अबस्था भएको र लिंगको अप्रेसन गर्नुपर्छ भनेपछि अप्रेसन गरिएको मृतकका बुबा भेनसेन ओलीले बताउनु भएको छ ।

अप्रेसन गरेको ४ घण्टा पछि आइतबार राती ८ बजे बालकको होस् खुलेको तर डाक्टरले बेहोस हुने सुर्ई लगाएपछि बालक होसमै नआएको मृतकका बुबाको भनाई छ । रातभरी कुरुवा बुबाले बालकको होस् नआएपछि सुतेका डाक्टरलाई उठाउदा डाक्टर पनि नउठेको र अनेत्र रिफर पनि नगरेको पीडितको आरोप लगाएका थिए ।

सोमबार बिहान मात्रै अस्पतालकै गाडीमा डाक्टरले रिफर गरेर कोहलपुर लिएको अस्पतालले बतायो । तर कोहलपुर लिदा कोहलपुरको अस्पतालले अनावश्यक बेहोस सुर्ई लगाएको भन्दै बालकलाई बचाउन नसक्ने बतायोको थियो । त्यहाँ बाट बालकलाई भातरको नखलउ लिदा सोमबार साँझ मृत्यु भएको आफन्तले बताका छन ।

आज दिनभर मृतकका आफन्तले अस्पताल परिसर अगाडी आन्दोलन गरेका थिए । पिडित पक्ष र अस्पताल समिती बिच सम्बन्धीत डाक्टरले गल्ती स्वीकार र राहत खर्च दिनेभएपछि आन्दोलन पक्षले आन्दोलन फिर्ता लिएका हुन । जिल्लाका विभिन्न सरोकारवाला, राजनीतिक दल, जनप्रतिनिधी र पीडित पक्ष बिच बसेको बैठकले अस्पतालले पीडित पक्षलाई एक लाख क्रियाखर्च निर्णय गरेपछि बालखको लास आफन्तले बुझेका छन । आगामी दिनमा अस्पतालले दिने सेवाहरु सुधार्दै प्रभाबकारी रुपमा सन्चालन गर्न अस्पताल प्रशासनलाई सचेत समेत पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्