राष्ट्रपतिले टीका लगाइदिँदा किन हटाइयो अगाडीको कुर्सी ? वास्तविकता यस्तो छ



/fi6«klt–6Lsf /fi6«klt ljBfb]jL e08f/L ljhof bzdLdf lztn lgjf;df z’qmaf/ /IffdGqL OZj/ kf]v/]nnfO{ 6Lsf nufO{lbFb} . t:jL/ M k|bLk/fh jGt /f;;

नेपाल समाचारपत्र, काठमाडौं ।

यस वर्षको दशैं सकिँनै लाग्दा सामाजिक सञ्जालमा राष्ट्रपति कार्यलयका केही तस्बिरको भाइरल बनेका छन् । केही बहालवाला र पूर्वविशिष्ट पदाधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहण गर्दा घुँडा टेकेका तस्बिरबारे विभिन्न कोणबाट आलोचना भैरहेको छ ।

भण्डारीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपतिको सपथ खुवाएका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलगायतले कुर्सीमा बसेकी राष्ट्रपति भण्डारीसँग घुँडा टेकेर अथवा झुकेर टीका लगाएका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । 

उनीहरूभन्दा अगाडि टीका ग्रहण गरेका प्रधानमन्त्री केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्य, उपराष्ट्रपति नन्दबहादुर पुन र मन्त्रीहरूले कुर्सीमै बसेर टीका लगाएका छन्। उनीहरू टीका लगाउन आउँदा दम्पत्तिलाई दुइटा र एक्लैलाई एउटामात्र कुर्सी राखेर फोटोहरु पनि देखिएको छ । तर, अन्य मानिसहरु पदाधिकारीहरु र सर्वसाधरणहरुले टीका थाप्ने बेलामा किन ती कुर्सी हटाइए? भन्ने प्रश्न यतिबेला सबैतिर सुन्न पाइएको छ । सडक र चौतारमा यतिबेला यो विषय चर्चामा चुलिएको छ । तर, राष्ट्रपति कार्यालयले सेनाको संस्कार र व्यवस्थापकीय कमजोरीका कारण बिशिष्ट व्यक्तिहरूले अप्ठेरोसँग टीका लगाउनु परेको बताएको छ।

राष्ट्रपतिले प्रधानसेनापति पूर्णचन्द्र थापालाई टीका लगाउन आउनुअघि त्यहाँ कुर्सी थियो।तर, उनले टीका थाप्ने बेलामा भने सैनिकले कुर्सी हटाए। त्यसपछि थापाले निहुरिएर टीका थापे। उनीपछि पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले पनि त्यसरी नै टीका लगाए। क्षेत्रीलगत्तै प्रहरी प्रमुख सर्वेन्द्र खनालले पनि निहुरिएरै टिका लगाए।

त्यसपछि आएका कतिपय गैरसैनिक व्यक्तिहरूले टीका लगाउँदा पनि त्यहाँ कुर्सी राखिएको देखिन्न। त्यसपछि आएका नेकपाका नेता वामदेव गौतमले अलिकति निहुरिएर टिका लगाए भने केहीबेरपछि आएका पूर्वप्रधानन्यायाधीश पराजुलीले दुबै घुँडा टेकेर लगाए।

नेपाली सेनाले हरेक गणमा दसैंको टीका लगाउने गर्छ। त्यहाँ आफ्ना कमाण्डरसँग टीका थाप्दा कि उभिएर वा कमाण्डर बसेको भए त्योभन्दा होचो आसनमा बसेर टिका थाप्ने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्