बाँसबाट उत्पादन हुने डोकाको माग घट्यो



धनवीर दाहाल, रुकुम ।
कुनै बेला निकै प्रयोग हुने बाँसबाट तयार गरिएका डोका आजभोली गाँउमा पनि लोप हुन थालेका छन् । दाउरा, घाँस ओसार्न तथा खेतबारीमा मल बोक्नका लागी निकै प्रयोग हुने यि डोकाको माग बिस्तारै कम हुँदै गएको छ ।

सडक बिस्तार सँगै ट्याक्टर लगाएतका अन्य साधन प्रयोग हुन थालेपछि बिगतको समयमा रुकुमका गाँउमा अधिक मात्रामा प्रयोग हुने बाँसका डोकाको माग कम हुँदै गएको हो । स्थानीय स्रोत साधनको प्रयोग तथा कम परिश्रमबाट निर्माण भएका बाँसको डोकाबाटै आम्दानी गर्दै आएका स्थानीयहरु भने आफ्नो रोजीरोटी कम हुन थालेकोमका चिन्तीत भएका छन् ।

बिगतका बर्षहरुमा एउटा डोका ४ सयदेखी सात सय सम्ममा बिक्री हुने गरेपनि आजभोली दुई देखी तिन सयमा मात्र बिक्री गर्नुपरेको रुकुम पश्चिम त्रिबेणी गाँउपालिका १० का स्थानीय हिरालाल ओलीले बताउनुभयो ।

बाँसको चोयाबाट तयार गरिने डोका रुकुमका ग्रामिण क्षेत्रमा केही मात्रामा अझै भेटिन्छन । स्थानीय उत्पादनको सदुपयोग र संरक्षण गरी बजारीकरण गर्नका लागी वातावरण बनाइदिन स्थानीय सरकारलाई स्थानीयले अनुरोध गर्दै आएका छन् ।

कम श्रमबाट पनि तयार हुन सक्ने यस्ता उत्पादनलाई संरक्षण र संर्बद्धन गरी बजारीकरण गर्नका लागी स्थानीयबासी सँगै स्थानीय सरकारपनि लाग्न आबश्यक छ ।

प्रतिक्रिया दिनुहोस्