साझाले ल्याएको विद्युतीय बसमा प्रधानमन्त्री ओली सरर..



नेपाल समाचारपत्र, काठमाडौं ।
साझा यातायातले विद्युतीय गाडी सञ्चालनमा ल्याएको छ। एसियाली विकास बैंक (एडीवी)को आर्थिक सहयोगमा साझाले विद्युतीय बस सञ्चालनमा ल्याएको हो। लुम्बिनी क्षेत्रमा चलाइने बसका औपचारिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन गर्नुभएको छ ।


उद्घाटनसँगै प्रधानमन्त्री ओली सोही बसमा कार्यालय सिंहदरबार पुग्नुभएको छ । लुम्बिनी क्षेत्रमा पाँच वटा विद्युतीय बस चलाउने घोषणा गरेको साझाले दुईवटा बस मंगलबारदेखि सञ्चालनमा ल्याएको हो।

अन्य तीन वटा बस चाँडै सञ्चालनमा ल्याइने साझाले जनाएको छ।

चिनियाँ कम्पनीले निर्माण पाँचमध्ये दुई बस काठमाडौँ ल्याइएको हो।

अन्य बस ल्याइने क्रममा छन्।

प्रतिक्रिया दिनुहोस्