ज्योतिलाइफको सम्मान कार्यक्रम



काठमाडौं, (नेस)
ज्योतिलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको व्यवसायमा सहयोग पु¥याउने संघसंस्था र अभिकर्तालाई सम्मान गरेको छ। कम्पनीले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा विशेष कार्यक्रम आयोजना गरेको हो। काठमाडौंको एक रिसोर्टमा आयोजित कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसेडर एवं नेपाली सिने नायक राजेश हमाल, कम्पनीका उच्च पदाधिकारी र अन्य सुभेच्छुक सहभागी रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्