पूर्व लडाकु बने सफल व्यवसायी



महेश न्यौपाने, रोल्पा ।
उपचारका लागि भारत गएका रोल्पा गंगादेव गाउँपालिका ३ जिनावाङका लोकमान वली स्वास्थ्य सुधार पछि केही समय त्यतै काम गरे । राजस्थानको एक गाई फर्ममा १८ महिना काम गरेका उनले व्यवसायिक पशुपालनको प्रविधि र काम गर्ने संकल्प सहित आफनै देश फर्किए । गाउँका अधिकांश दौतरी रोजगारीका लागि खाडीमा गएका कारण कुनै बेला उनको मन पनि नविग्रेको हैन ।

खाडी जाने पैसा कमाउने अनि घर जग्गा जोड्ने । सवै खालका सोचाईको वीचमा उनले गाउँघरमै वसेर स्वरोजगार वन्ने निधो संगै वाख्रापालन व्यवसाय सुरु गरे ।

२०७२ को सुरुआती संगै व्यवसायिक वाख्रापालन आरम्भ गरेका उनले हाल सो फर्ममा ८० लाख वढि लगानी गरि सकेका छन । आरसिसी ढलानयुक्त सुधाएिको खोर निर्माणमा ४० लाख वढि खर्च गरेका उनको खोरमा अहिले १ सय ६५ वटा विभिन्न जातका वाख्रा रहेका छन । २७ मिटर लामो, १६ मिटर चौडा भएको उक्त खोर वाख्राको मल र मुत्र छुट्टा छुट्टै जाने व्यवस्था गरिएको छ । वाख्राको मल मूत्र दुवै खेतवारीमा प्रयोग गर्न मिल्ने गरि खोर निर्माण गरेको छु वलीले भने । वोयर, जमुनापारी र क्रस वावरी जातका वाख्रापालन गरेका उनले बोयर जातको खसीवाट राम्रो आमदानी हुने गरेको वताए ।

बोका विक्रीवाट वार्षिक ७ लाख आमदानी हुन थालेको वलीले जानकारी दिए । सवै वाख्राले उत्पादन दिए अहिले भईरहेको आमदानीको दोव्वर आमदानी हुन्छ वलीले भने । उनले फर्ममा स्थानीय २ जना कामदार लाई राजगारी दिएका छन । छोरा छोरी अध्ययनका लागि जिल्ला वाहिर रहेका कारण आफु र श्रीमती समेत सोही व्यवसायमा पूर्णकालिन रुपमा लागेको वलीले वताए । वाख्रापालनको आमदानीवाट जेठो छोरालाई डेन्टल छोरीलाई रेडियोलोजी र कान्छो छोरालाई भेटेनरी जेटिए पढाईरहेका छन । काठमाण्डौ वसे अध्ययन गरिरहेका छोराछोरीका लागी ३० लाख वढि खर्च गरेको वलीले वताए । आमदानीको अन्य श्रोत छैन वाख्रापालनवाट आएको आमदानीवाटै छोरा छोरी पढाएको छु वलीले भने ।
कृषिका लागि उन्नत विउ विजन कार्यक्रम , पशु सेवा कार्यालय लगायतका विभिन्न कार्यालय र संघ संस्था संग आर्थिक प्राविधिक सहयोग लिएर काम गरिरहेको वलीले जानकारी दिए । वाख्रापालनको क्षेत्रमा जिल्लाकै नमूना योग्य फर्म भएकाले विभिन्न व्यक्ति, कार्यालय तथा संघ संस्थाहरु अवलोकनका लागि आफ्नो फर्ममा आउने गरेको वलीले जानकारी दिए ।

माओवादी जनयुद्धमा ६ वर्ष भन्दा लामो समय भूमिगत रहेर राजनीति गरेका उनी २०७४ सालको स्थानीय निर्वाचन पछि जिल्ला समन्वय समिति रोल्पाको सदस्यमा निर्वाचित भएका थिए । जिल्लाका स्थानीय सरकारहरुले गरेका कामको अनुगमन तथा जिल्ला स्तरीय वैठकहरुमा उनी सहभागित हुने गरेका छन । युवालाई स्वदेशमै स्वरोजगार वनाउन व्यवसायिक कृषि तथा पशुपालनमा जोड दिनु पर्ने कुरामा स्थानीय सरकारहरुलाई सुझाव सल्लाह दिने गरेको वलीले वताए । व्यवसाय र राजनीति दुवै क्षेत्रलाई वरावरी महत्व दिएर काम गरिरहेको छु वलीले भने । राजनीति र व्यवसाय दुवैलाई संगै लाने सोच वनाएर अघि वढेको छु वलीले भने ।

वृहत शान्ती संझौता संगै दश वर्ष लामो जनयुद्ध विधिवत अन्त्य पछि माओवादी जनयुद्धमा सामेल अधिकांश पूर्व लडाकु एवम मध्यम स्तरका कार्यकर्ता समेत खाडीमा पसिना वगाई रहेका छन । पछिल्ला दिनमा विदेश जाने युवायुवतीको संख्या झनै वढेर गईरहेको छ । स्वेदशमा थुप्रै संभावना छ भन्ने कुराको ज्वलन्त उदाहरण वनेका वलीको मेहनतलाई सम्मान गर्न सके गाउँघरमै रोजगारीका थुपै सम्भावनाका ढोका खोल्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्