सिम्रिकले भित्र्यायो नयाँ हेलिकप्टर



काठमाडौं, (नेस)
निजी हेलिकप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले अत्याधुनिक हेलिकप्टर भिœयाएको छ। सो कम्पनीले कल साइन ९ एन एकेडी रहेको एएस ३५० बीथ्रीई ९एच १२५० हेलिकप्टर ल्याएको हो। २ हज ा र २ स य ५ ० किलोग्रामसम्म सामान ढुवानी गर्न सक्ने यो मोडलको हेलिकप्टर आधुनिक र अत्याधुनिक प्रविधि जडित रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। खोज तथा उद्दार, दृश्यावलोकन, पर्यटकीय गतिविधि एवं कार्गोलगायतमा ढुवानीका लागि हेलिकप्टर प्रयोग हुने कम्पनीले जनाएको छ।

२३ हजार फिट उचाइसम्म उडान भर्न सक्ने र माइनस ४ सय देखि ५ सय डिग्री सेल्सियसमा पनि उड्न सक्ने विशेषता रहेको हेलिकप्टरले करिब साढे ४ घन्टासम्म लगातार उडान भर्न सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्