दुई छोराको हत्या गरी आत्महत्या



बारा, (नेस)
बाराको जितपुर सिमरा उपमहानगरपालिका–४ को औराहका ४० वर्षे सुरेन्द्र रामले आइतबार बिहान आफ्ना २ छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन्। रामले आफ्नो ५ वर्षका छोरा सुबिन राम र ३ वर्षको विपिन रामको हत्या गरी आफूले पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीको अनुमान छ। तीनैजनाको शव पोस्टमार्टमका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभास हमालले जानकारी दिनुभएको छ। रामले प्रायः मानसिक तनावका कारणले यस्तो गरेको हुन सक्ने प्रहरीको प्ररम्भिक अनुसन्धानले देखाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक हमालले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्