लेडयुक्त पेन्ट प्रतिबन्ध लगाउन माग



नेपाल सरकारबाट तोकिएको पेन्टमा लेडको बाध्यकारी मापदण्डको परिपालना एवं अन्य सम्बन्धित कानुन र निर्देशिकासँग तालमेलमा जोड दिँदै लेडको विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताह सम्पन्न भयो।

नेपालका आम जनस्वास्थ्य र खास गरी बालबालिकालाई लेडको विषाक्तताबाट जोगाउनका निम्ति जनचेतना फैलाउनुका साथै नेपाल सरकारबाट तोकिएको पेन्टमा लेडको बाध्यकारी मापदण्ड ९० पीपीएमको अझ प्रभावकारी कार्यान्यवन, बजार अनुगमन आदिका निम्ति नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वातावरण विभागको सहकार्यमा विश्व स्वास्थ्य संगठन र आईपीईएलको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले लेडयुक्त पेन्ट उन्मुलनका निम्ति अन्तर्राष्ट्रिय सन्जालद्वारा यो वर्ष सन् २०१८ अक्टोबर २१ देखि २७ ९२०७५ कात्तिक ४ देखि १० गते० सम्म अन्र्तराष्ट्रिय सचेतना सप्ताहको सुभारम्भ विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन गइरहेको कुरा जानकारी गराउन एक प्रेस सम्मेलनको आयोजना गरिएको थियो। यस वर्ष आयोजना गरिने साताव्यापी कार्यक्रमको मुख्य उद्देश्यका रूपमा नेपाल सरकारबाट तोकिएका पेन्टमा लेडको बाध्यकारी मापदण्डको प्रभावकारी कार्यान्वयन एवं सम्बन्धित अन्य ऐन, कानुन, नीति, नियमावली र निर्देशिकाजस्तै आयत निर्यात गर्दा शिक्षा मन्त्रालय र विभागले स्कुल र स्कुल बसका लागि तोकिएका रङरोगनमा एवं शहरी विकास मन्त्रालय र विभागबाट लागू भएको बिल्डिङ कोड तथा बन्दै गरेका हरित बिल्डिङ निर्देशिकामा लेड पेन्टसम्बन्धी मापदण्डको अनिवार्य परिपालना गर्ने गराउने गरी भरपुर व्यवस्थाको सुनिश्चितताका लागि आवश्यक पहल गर्ने रहेको छ।

विश्व स्वास्थ्य संगठनले लेड ९सिसा० लाई विश्वव्यापीरूपमा जनस्वास्थ्यलाई असर पु¥याउने प्रमुख १० रसायनमध्ये एक प्रमुख घातक रसायनका रूपमा पहिचान गरेको छ भने मानव शरीरमा लेडको कुनै सुरक्षित मात्रा हुँदैन भन्ने तथ्य पनि स्थापित गरेको छ। लेडले मानिसको र खास गरी बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा असर पु¥याउँदछ। लेडको सम्पर्कबाट हुने दीर्घकालीन स्वास्थ्यसम्बन्धी समस्याले बर्सेनी ५ लाख ४० हजार मानिसको मृत्यु हुने गरेको छ भने १ दशमलव ३९ करोड मानिस शारीरिकरूपमा अशक्तता भएर जीवनभरि क्षति ब्यहोरिरहेका छन्।

 

त्यसै गरी संसारमा करिब ८५ दशमलव ७ करोड बालबालिका लेडको सिधा सम्पर्कमा आएर प्रभावित भइरहेका छन्। जुन कुल बालबालिकाको करिब ५० प्रतिशतभन्दा बढी संख्या हो। नेपालको कुल जनसंख्यामध्ये १ करोड १५ लाख ७ सय ७० बालबालिका पर्दछन्। नेपालको एक तिहाइभन्दा बढी ९३४।६∞० संख्या ओगटेका बालबालिका ६५ देखि १०० प्रतिशतसम्म लेडको उच्च जोखिममा रहेको अध्ययनले देखाएकाले नेपाल सरकारले तोकेको पेन्टमा लेडको मापदण्डको प्रभावकारी कार्यान्वयन गराउन आवश्यक छ। त्यसै गरी गतवर्ष विश्व स्वास्थ्य संगठनको सहयोगमा मापदण्डको प्रभावकारीतासम्बन्धी अध्ययनले राम्रो परिपालनाको अवस्था ९६०∞० पेन्टले गरेको देखिए पनि कुनै पेन्टमा अझै अत्यधिक मात्रामा ९५०३४७ पीपीएम० सम्म लेड पाइरहेको अवस्थामा मापदण्डको बारेमा अझ कडा र निरन्तररूपमा बजार अनुगमन एवं पेन्टको प्रयोगशाला परीक्षण गर्ने विभागको तयारी भइरहेको सहमहानिर्देशक सफला श्रेष्ठले बताउनुहँुदै अन्तर्राष्ट्रिय सचेतना सप्ताह मनाउन विभागको ऐक्यबद्धता रहेको बताउनुभएको थियो।

 

मानव स्वास्थ्यका लागि लेडको कुनै पनि सुरक्षित सीमा नहुने भएकाले बालबालिकालगायत आम जनताको स्वास्थ्य तथा वातावरण संरक्षण गर्न लेडयुक्त पेन्ट उन्मूलनका लागि पेन्टमा लेडसम्बन्धी सरकारी मापदण्ड प्रभावकारी कार्यान्वयन र सम्बन्धित अन्य ऐन, कानुन, नीति नियमावली र निर्देशिकाजस्तै बिल्डिङ कोड, बन्दै गरेका हरित बिल्डिङ निर्देशिका प्रदान गर्दाको समय अनिवार्य सुचकका रूपमा लेड पेन्टसम्बन्धी मापदण्डको अनिवार्य परिपालना गर्ने गराउने गरी भरपुर व्यवस्थाको सुनिश्चितताका लागि आवश्यक पहल गर्नुपर्ने आवश्यकता महसुस गरिएको थियो। अन्तमा सबै मिली लेडयुक्त पेन्टमा प्रतिबन्ध लगाउनुपर्ने लेडको विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहको मुख्य सन्देश आम जनतासमक्ष सबैले पु¥याउनुपर्नेमा जोड दिइएको थियो।

(लेखकः राम चरित्र साह,
जनस्वास्थ्य वातावरण प्रबद्र्धन केन्द्रका
कार्यकारी निर्देशक हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्