धान काट्ने मेसिनले ठक्कर दिँदा एकको मृत्यु



सिताराम चौधरी, कपिलवस्तु ।
धान काट्ने कम्बाइन मेसिनले  ठक्कर दिँदा कपिलवस्तुमा एक बृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको शिवराज नगरपालिका ४ चनई बस्ने ६० वर्षीय महबुब मुसलमान रहेका छन । सोमबार बिहान १० बजेको समयमा मेहबुबकै खेतको धान काट्ने क्रममा लु ३ त १३४१ नम्बरको कम्बाइन मेसिन ब्याक गर्दा ठक्कर दिएको थियो । कम्बाइनको ठक्करबाट गम्भिर घाइते भएका मेहबुबलाई उपचारका लागि बुटवल लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई भरतपुर चितवन पुर्याइएको थियो ।

उपचारकै क्रममा गम्भीर घाइते मेहबुबको मृत्यु भएको बताइएको छ । उनको मृत्युपछि मात्र परिवारले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै वडा प्रहरी कार्यालय चन्द्रौटाले चालक र कम्बाइन मेसिनलाई सोमबार साझ नियन्त्रणमा लिएको जनाएको छ । मृतकको शव भरतपुरमै मङ्गलबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्