एभर्टनको सहज जित



लन्डन, (एजेन्सी)
अन्तिम चार मिनेटभित्र दुई गोल गर्दै इंग्लिस प्रिमियर लिगमा एभर्टनले जितको नतिजा निकालेको छ।
आइतबार राति भएको उक्त खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई हराएको हो। एभर्टनले क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले हराउँदै तीन अंक जोड्न सफल भयो। घरेलु मैदानमा अन्तिम चार मिनेटभित्र दुई गोल गर्दै एभर्टनले जित निकालेको हो।

एभर्टनको जितमा डोमिनिक लेविन र सेन्क टोसुनले १÷१ गोल गरेका थिए। खेलको ८७औं मिनेटमा लेविनले हेडमार्फत गोल गर्दै एभर्टनलाई शुरुआती अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि नै टोसुनले गोल गर्दै एभर्टनलाई २–० को सहज जित दिलाए।

त्यसअघि खेलको ६०औं मिनेटमा पाएको पेनाल्टीबाट क्रिस्टलले गोल गर्ने राम्रो मौका गुमाएको थियो। क्रिस्टलका लुका मिलिजोभिचको पेनाल्टी प्रहारलाई एभर्टनका गोलरक्षक जोर्डन पिक्फोर्डले जोगाएका थिए। उक्त जितसँगै ९ खेलबाट १५ अंक जोडेको एभर्टन लिगको आठौं स्थानमा छ। यता ७ अंक जोडेको क्रिस्टल प्यालेस भने १५औं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्