विराटनगरमा कुस्ती



विराटनगर, (नेस)
बडादशैंको अवसरमा विराटनगरमा आयोजित तीन दिने कुस्ती प्रतियोगिता सम्पन्न भएको छ।
ब्र≈मपुरा दुर्गा पूजा आयोजक समितिले आयोजना गरेको प्रतियोगितामा नेपाल तथा भारतका कुस्ती खेलाडीको सहभागिता रहेको थियो। तराईमधेसको मौलिक संस्कृतिसँग जोडिएको कुस्ती लोप हुने संघारमा पुगेपछि त्यसलाई संरक्षण गर्ने प्रयास स्वरूप ब्र≈मपुरामा विगत एक दशकदेखि कुस्ती प्रतियोगिताको आयोजना हुँदै आएको छ।
प्रतियोगितामा भारतका ३५ तथा नेपालका ५ जना पहलमानहरूले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्