पटाका बरामद



काठमाडौं, (नेस)
चन्द्रागिरि नगरपालिका–२ नागढुंगा चेक प्वाइन्टमा सवारीसाधन चेकजाँच गर्ने क्रममा ना५ख ६५३८ बसबाट पटका १० प्याकेट, झिरझिरे ९ प्याकेट र रकेट १ प्याकेट सोमबार प्रहरीले बरामद गरेको छ।
उक्त स्थानमा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त यात्रुबाहक बसको डिक्कीभित्र बेबारिसे अवस्थामा रहेका पटाका फेला पारी प्रहरीले बरामद गरेको हो।

प्रतिक्रिया दिनुहोस्