लाठीले हानेर साथीको हत्या



भक्तपुर, (नेस)
भनिन्छ जसले दुःखमा साथ दिन्छ त्यो असल साथी हो, तर कोही यस्ता घाती पनि साथी हुन्छन्, जसले आफ्नै साथीको हत्या गर्न पछि पर्दैनन्।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित एक पोल्ट्री फर्ममा काम गर्ने युवाले बाँसको लाठीले हानेर आफ्नै साथीको हत्या गरेका छन्।
एसएस पोल्ट्री फर्ममा काम गर्ने रोल्पा रुम्टीगढी गाउँपालिका३ घर भई हाल सिपाडोल बस्ने मिलन भन्ने गंगाराम दमाईको आफूसँगै काम गर्ने साथीले लाठी प्रहार गरी हत्या गरेका हुन्।

महानगरीय प्रहरी वृत्त जगातीका अनुसार, रोल्पा गुमताङ गाउँपालिका–९ घर भई हाल सोही पोल्ट्री फर्ममा काम गर्ने २१ वर्षीय धनबहादुर परियारले मादकपदार्थ सेवनपछि आपसी विवादमा बाँसको लाठीले हानेर हत्या गरेका हुन्।

लाठी प्रहारबाट घाइते भएका दमाईको उपचारका क्रममा भक्तपुर अस्पताल मृत्यु भएको हो। लाठी प्रहार गर्ने धनबहादुर परियारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्