८० प्रतिशत उजुरी आफै सल्टाउँछ प्रहरी



प्रशान्त वली, काठमाडौं
प्रहरी संगठनको आलोचना भइरहेका बेला केही प्रहरीले अनुकरणीय काम गरेका छन्।
निर्मला पन्त बलात्कार–हत्या प्रकरण, बलात्कार, आपराधिक क्रियाकलाप नियन्त्रणजस्ता विषयमा चुकेकोजस्ता आरोप आइरहेका बेला काठमाडौंको म्हैपी प्रहरी वृत्तका प्रहरीहरूले त्यहाँ आउनेमध्ये ८० प्रतिशत उजुरी आफैले टुङ्ग्याउने गरेको पाइएको हो।

एउटाले गल्ती गर्दैमा

सबैलाई मुछ्न नहुने

उक्त वृत्तका प्रमुख प्रहरी सहायक निरीक्षक विचित्र मगरका अनुसार उक्त वृत्तमा दैनिक ५ देखि ६ वटा चोरी र लुटपाटका उजुरी आउनेछन्। तीमध्ये ८० प्रतिशत सोही वृत्तले नै टुङ्ग्याउने गरेकोे छ। झैझगडा, कुटपिट, लेनदेनका उजुरी आएमा त्यसमा मेलमिलाप गराउने गरिएको छ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘उजुरीको प्रकृति हेरेर त्यसको मूल्याङ्कन गर्छौं। कुनै उजुरी झुटो पनि हुनसक्छ। सबै पहिचान भएपछि कारबाही थाल्छौं।’

आफूहरूले जनतालाई शान्ति सुरक्षा दिन गस्तीसमेत बढाएको उहाँले जानकारी दिनुभयो। यस्तै, गोंगबु प्रहरीले पनि बसपार्क क्षेत्रलाई भयरहित र शान्त बनाउन सामुदायिक सेवा केन्द्रसँग समन्वय गरेर काम गर्दै आएको जनाएको छ।

महानगरीय प्रहरी प्रभाग बसपार्कका प्रहरी प्रमुख प्रहरी निरीक्षक मनोजकुमार केसीले बसपार्कको सुरक्षाका लागि कटिबद्ध भएर लागेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘प्रहरी टोलीले यात्रुका गुनासा सम्बोधन गरिरहेको छ। चोरी, पाकेटमारी नहोस् भनेर बसपार्क क्षेत्रमा कडा निगरानी गरेका छौं। नागरिक सहायता कक्षमार्फत नागरिकका गुनासा सम्बोधन गरिरहेका छौं।’

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले कुनै प्रहरीले गल्ती गर्दैमा सि·ो प्रहरी संगठन र अरू प्रहरीमाथि दोष थोपर्न नहुने बताउँदै केही प्रहरीले राम्रो काम गरिरहेका छन् भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्