कर्णाली प्रदेशमा पहिलोपटक मोबाइल एप्स



अर्जुन बोहरा, सिमिकोट, हुम्ला
हुम्लाको सदरमुकाममै रहेको सिमकोट गाउँपालिकाले पहिलोपटक मोबाइल एप्स सेवा सञ्चालन गरेको छ। स्थानीय जनतालाई छिटोछरितो र भरपर्दो सेवा प्रवाह गर्ने उद्देश्यका साथ एप्स सेवा शुरू भएको सिमकोट गाउँपालिका नायब सुब्बा ममता महतले जानकारी दिनुभयो।

स्थानीय तहको समृद्धि र सुशासन कायम गर्नुका साथै जनताले घरमै बसेर सेवा लिनसक्ने उद्देश्यले मोबाइल एप्स प्रविधि भिœयाइएको सिमकोट गाउँपालिकाका सूचना प्रविधि अधिकृत छिरिङ याङडुङ लामाले बताउनुभयो।

उक्त सेवापछि गाउँपालिकासम्म धाउनुपर्ने ८ वटै वडाका जनताको बाध्यताको अन्त्य गर्ने उहाँले दाबी गर्नुभयो। आफ्नो मोबाइलमा रहेको प्ले स्टोरमा गई सिमिकोट रुलर म्युनिसिपालिटी टाइप गरी डाउनलोड गरेर उक्त गाउँपालिकाका हरेक गतिविधिहरूको जानकारी लिन सकिने नायब सुव्बा महतले बताउनुभयो।

सर्वसाधारणले एप्सको सहयोगमा गाउँपालिकाका कार्यक्रम र परियोजना, विभिन्न सेवा, गतिविधि, आवश्यक कागजपत्र, समाचार, आपत्कालीन नम्बर, जनप्रतिनिधि तथा कर्मचारीको फोटोसहितको सम्पर्क विवरण, वडाहरूको प्रोफाइल, महŒवपूर्ण स्थानको परिचयबारे थाहा पाउनेछन् भने त्यसमार्फत सुझाब दिनुका साथै समस्या दर्ता गराउन सक्नेछन्।

उक्त गाउँपालिकाका उपाध्यक्ष वली रावतले सूचना प्रविधि विभागको प्राविधिक सहयोगमा कर्णाली प्रदेशमै पहिलोपटक मोबाइल एप शुरू गरिएको बताउनुभयो। उक्त गाउँपालिकामा वेबसाइट सञ्चालन, सामूहिक एसएमएस, कम्प्युटरसम्बन्धी प्राविधिक समस्याको निराकरण, इन्टरनेट जडानलगायत सूचना प्रविधिकाअन्य पूर्वाधारको विकास शुरू भएको छ।

प्रतिक्रिया दिनुहोस्