धनगढीकाे गणेश लक्ष्मी इन्टरप्राइजेजमा आगलागी हुँदा ८० लाख को क्षति



धनगढी ।
धनगढीको उपमहानगरपालिका–२ ट्राफिक चौराहामा रहेको गणेश लक्ष्मी इन्टरप्राइजेजमा आज अपराह्न भएको आगलागीबाट करीब रु ८० लाख मूल्यबराबरको व्यापारिक मालसामान नष्ट भएको छ ।

बिजुलीको लाइन चुहावट भएर यो आगलागी भएको हो । आगो लागेको झण्डै एक घण्टापछि धनगढी उपमहानगरपालिकाको दमकलको सहायतामा प्रहरीले आगो नियन्त्रणमा लिएको हो । आगलागीबाट प्रेमप्रसाद गौतमको पसलमा रहेको जुत्ता, चप्पललगायत व्यापारिक मालसामान नष्ट भएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्