बाबु–आमाको स्मृतिमा बिद्यालयमा पाँच लाखको अक्षयकोष



पर्वत ।
पर्वतको कुस्मा नगरपालिका वडा नं १४ को एक परिवारले आफ्ना बाबु आमाको स्मृतिमा बिद्यालयमा ५ लाख रुपैंयाको अक्षयकोष स्थापना गरेको छ ।

कुस्मा नगरपालिका वडा नं १४ साहीस्वारा घर भै हाल पोखरा महानगरपालिका वडा नं १५ रामबजार घलेचोक बस्दै आएकी आफ्नी स्वर्गिय आमा सुनकुमारी गुरुङ्गको पितृ कार्य (अर्घौं) मा मृतकका परिवारले पञ्चकोशी माबि आर्थरमा ५ लाख ५ रुपैंयाको अक्षयकोष स्थापना गरेका हुन ।

दिवंगत बाबु स्व. क्याप्टेन देबीप्रसाद गुरुङ्ग र आमा स्व. सुनकुमारी गुरुङ्गको स्मृतिमा बिद्यालयको शैक्षिक बिकासमा सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको परिवारका सदस्यले बताएका छन । स्वंर्गिय गुरुङ्गकी बुहारी सन्तकुमारी गुरुङ्ग, छोराहरु बलबहादुर गुरुङ्ग, क्याप्टेन पदम गुरुङ्ग, सु. हर्कबहादुर गुरुङ्ग, र किरण गुरुङ्गले अक्षयकोष स्थापना छन ।

अक्षयकोषका लागि बिद्यान तयार गरि अक्षयकोष रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको परिवारका तर्फबाट मेखबहादुर गुरुङ्गले जानकारी दिए । अक्षयकोषबाट प्राप्त ब्याजबाट बिपन्न जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति दिने र बिद्यालयको शैक्षिक बिकासमा सहयोग गर्ने उद्देश्य रहेको गुरुङ्गले बताउनुभयो ।

बिद्यालयमा शैक्षिक सुधारका बिभिन्न कृयाकलाप सञ्चालन गरेर कुस्मा नगरपालिकाबाट नमुना बिद्यालयको रुपमा पुरस्कृत पञ्चकोशी माबिमा गाउँलेहरुले चौरासी पुजा, अर्घौ, बिबाह उत्सबमा आर्थिक सहयोग र अक्षयकोष स्थापना गर्ने कार्य गर्दै आएका छन । दाताको सहयोगबाट बिद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि ठुलो मद्यत पुगेको प्रधानाध्यापक अर्जुन पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्