लाठीले हानेर साथीको हत्या



पुष्कर बुढाथोकी, भक्तपुर ।
भनिन्छ ,जसले दुखमा साथ दिन्छ त्यो असल साथी हो । तर कोही यस्ता घाती पनि साथी हुन्छन्,जसले आफ्नै साथीको हत्या गर्न पछि पर्दैनन् ।
भक्तपुरको सुर्यविनायक नगरपालिका–८ सिपाडोल स्थित एक पोल्ट्री फर्ममा काम गर्ने युवाले बाँसको लाठीले हानेर आफ्नै साथीको हत्या गरेका छन् ।
एस.एस. पोल्ट्री फर्ममा काम गर्ने रोल्पा रुम्टीगढी गाउँपालिका ३ घर भई हाल सिपाडोल बस्ने बर्ष ३७ को मिलन भन्ने गंगा राम दमाईको आफूसंगै काम गर्ने साथीले लाठी प्रहार गरी हत्या गरेका हुन् ।
महानगरीय प्रहरी वृत्त जगातीका अनुसार, रोल्पा गुमताङ गाँउपालिका ९ घर भई हाल सोहि पोल्ट्री फर्ममा काम गर्ने २१ बर्षीय धन बहादुर परियारले मादक पदार्थ सेवन पछि आपसी बिबादमा बाँसको लाठीले हानेर हत्या गरेका हुन् ।
लाठी प्रहारबाट घाईते भएका दमाइको उपचारका क्रममा भक्तपुर अस्पताल मृत्यु भएको हो । लाठी प्रहार गर्ने धन बहादुर परियारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्