एक वर्षमा ४२ कल्भर्ट सहित १०० किलोमिटर सडक निर्माण



मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको भीनपामा स्थानीय तह निर्वाचनपछि एक सय मिटर किलोमिटर सडक निर्माण गरिएको छ । गत आर्थिक वर्षमा नगरपालिकाका सबै वडामा सडक निर्माण गरिएको छ । केही वडामा नयाँ सडक निर्माण गरिएको छ । गत आर्थिक वर्षमा चुरे फेदमा रौटेलादेखि ब्रह्मदेबसम्म जैविक मार्ग निर्माण गरिएको छ । १२ किलोमिटर लम्बाईको जैविक मार्ग १८ देखि २२ मिटर चौडा छ ।

भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टले धार्मिक पर्यटन प्रवद्र्धन, स्थानीयलाई आवतजावत सुविधा र नगर क्षेत्रलाई चक्रपथबाट जोड्ने लक्ष्यका साथ गत वर्ष जैविक मार्ग निर्माण गरेका हुन् । जैविक मार्गमा ट्रयाक खोलेर ग्राभेलिङ्ग गरिएको छ । जैविक मार्ग, चक्रपथ सहित सबै वडामा सडक निर्माण गरिएको नगर प्रमुख विष्टले बताए ।

भीमदत्त नगरपालिकाको वार्षिक प्रगति समीक्षा प्रतिवेदनमा नयाँ र पुरानो गरी एक सय किलोमिटर सडक निर्माण गरिएको उल्लेख गरिएको छ । यस बाहेक ८५ किलोमिटर सडकमा ग्राभेल र २२ किलोमिटर सडक कालोपत्रे गरिएको समीक्षा प्रतिवेदनमा छ ।

भीनपामा गत वर्ष ४२ कल्भर्ट निर्माण

गत वर्ष भीमदत्त नगरपालिका क्षेत्रमा ४२ ओटा कल्भर्ट निर्माण गरिएका छन् । कालोपत्रे सडक नभएको वडा नं। १९ का चार टोलमा गत वर्ष सडक कालोपत्रे गरिएको छ । अन्य वडा यस अघि कालोपत्रे सडकबाट जोडिएका थिए । वडा नं। १९ बाहेक अन्य वडाका थप सडक कालोपत्रे गरिएको छ । केही वडामा नयाँ सडकको ट्रयाक खोलेर ग्राभेलिङ्ग गरिएको छ ।

भीनपाको दुर्गम वस्ती खल्ला मुसेट्टीसम्म गत वर्ष सडक निर्माण गरिएको थियो । स्थानीय तह निर्वाचन अघि साइकल चलाउन नसकिने सडकमा अहिले यात्रु बाहक सञ्चालन गरिएको छ । स्थानीय तह निर्वाचनमा नगर प्रमुख विष्टले खल्ला मुसेट्टीमा सडक निर्माण गरी गाडी पुगाउने प्रतिवद्धता गरेका थिए ।

चालु आर्थिक वर्षमा जैविक र पर्यटन मार्गलाई उच्च प्राथमिकता दिदैं सडक निर्माणका लागि बजेट विनियोजन गरिएको छ । सघन सहरी विकास कार्यक्रम अन्र्तगत ढल सहितका ढेड दर्जन सडकको निर्माण कार्य अघि बढेको छ ।

क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत नगर क्षेत्रमा ३६ किलोमिटर सडक कालोपत्रेका लागि सर्भे गरिएको छ । चालु आर्थिक वर्षमा मझगाउँ एयरपोर्ट किनारको सडक कालोपत्रेका लागि बजेट विनियोजन गरिएको छ । रौटेलाबाट निर्माण सुरु गरिएको चक्रपथ निर्माण कार्य निरन्तरता दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्