सप्तरीमा बस दुर्घटना हुँदा एकको मृत्यु



शिवहरीप्रसाद भट्टराइ, राजविराज ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा सोमवार बस दुर्घटनामा परि सहचालकको मृत्यु भएको छ ।
काठमाण्डौं जाँदै गरेको वा४ख ४४७० नम्वरको यात्रु वस अनियन्त्रीत भई पल्टिदा सहचालक काभ्रे निवासी ४५ वर्षिय दिपक राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घटनामा सुन्सरीको बराहक्षेत्र नगरपालिकाका संतोष लिम्बु, बिता श्रेष्ठ, गोपाल दाहाल, जानुका बास्तोला र खोटाङ्गको सतनेत गाउँपालिका १ की ३४ वर्षिय सिता राउत घाईते भएको छन् ।

उनीहरुको कल्याणपुर तथा सिरहाको लहानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्