भारतमा गाडी दुर्घटना, एकै परिवारका ४ नेपालीको मृत्यु, ३ घाइते



काठमाडौं ।

भारतमा गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिन्धुली जिल्लाका ४१ वर्षका नविन श्रेष्ठ, उनकी पत्नी अञ्जली, बुबा गोरख श्रेष्ठ र भाइ उपेन्द्र रहेको प्रहरीले जनाएको छ । जसमध्ये दुर्घटनामा घाइते हुने सोही परिवारका महिला सदस्य र कार चालक रहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटना गोरखपुरबाट वारणासीतर्फ जाने बेला राजादेपुर गाउँमा उनीहरुको कारलाई अर्को गाडीले सोमबार ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्