दुई दशक बित्दा समेत खुलेन विराटनगर चक्रपथको ट्रयाक



सरोज यादव, विराटनगर ।
२०५४ सालबाट निर्माण थालिएको विराटनगर चक्रपथको दुई दशक बितिसक्दा पनि ट्रयाक खोल्ने कामले पूर्णता पाएको छैन । २२ वर्षअघि आफ्नो जग्गा रिङ रोडलाई दिएका यहाँका सर्वसाधरणले रिङ रोडमा परेको जग्गाको मालपोत भने आफै तिरिरहेका छन् । तत्कालिन योजना तथा भौतिक यातायातमन्त्री विजयकुमार गच्छदारले ४२ किलो मिटर लामो चक्रपथको शिलन्यास गर्नुभएको थियो ।

२२ वर्षअघि जग्गा रिङ रोडमा परेको भएपनि अहिलेसम्म तिनै सर्वसाधरणले रिङ रोडमा परेको जग्गाको मालपोत तिरिरहेका छन् । २२ वर्षमा समेत आफ्नो नाममा ल्याउन नसक्ने रिङ रोडको जग्गा सहरी विकास डिभिजन कार्यालयले कसरी निर्माण सम्पन्न गर्ला सर्वसाधरणमा आशंका छ । रिङ रोड परियोजनाले जग्गा लिएको वर्षाै भइसक्यो तर जग्गाको मालपोत भने उनिहरुले नै तिर्नुपरेको छ ।

 

वर्षमा आउने २ करोड, ५ करोड बजेट गिट्टी बालुवा हालेरै सकिन्छ । कालोपत्रे कहिले हुने हो र भएको ठाउँमा पनि प्राविधिक जाँच बिनै बनाइँदा दिगो नहुने सर्वसारधणको प्रतिक्रिया छ । पहिले रिङरोडका मान्छे आएर सय मिटरको शाखा रोड बनाउने सर्वसाधरणलाई लोभ देखाए । तर, काम अघि बढेन । अहिले विराटनगरको दरैया वस्तीको रिङ रोडमा घेराबेरा गरेर जनताले बाली लगाउन थालिसकेका छन् ।

स्थानीय विनोदकुमार बर्माले बने यत्रो वर्ष भयो जग्गाको तिरो मालपोतमा तिरीरहनु परेको छ तर जग्गामा न रोड बन्यो न खनजोत गर्न दिइएको थियो , अहिले आएर भने रोड बन्ने छाटकाट नदेखेपछि अब खेती लगाउन थालियो । यतिखेर रिंङरोडको जग्गा अतिक्रमणको चपेटामा परेको छ । यता विराटनगर महानगरपालिकाले भने रिङ्ग रोड निर्माणमा देखा परेका सबै समस्या समाधान गर्न आफुहरु लागि परेको दावी गरेको छ ।

महानगर प्रमुख भीम पराजुलीले भने केही समस्या देखिएकै छ तर तत्काल ती समस्या समाधान गरेर हामी रिङ रोडको कामलाई सुचारु गराउछौ । चक्रपथका निर्माणका लागि मात्रै २ सय ११ बिघा जग्गा आवश्यक पर्छ ।

चक्रपथ निर्माणका लागि आवश्यक जग्गा सर्वसाधारणबाट निःशुल्करूपमा प्राप्त हुने अपेक्षा परियोजनाको छ । हालसम्म धेरै जग्गा निःशुल्क पाइपनि सकेको छ । तर व्यवस्थित सहरी विकासको योजना आफैं अव्यवस्थित रुपमा चल्दा अपेक्षा अनुसारको काम भने देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्