नेकपा सचिवालय बैठक आज पनि बस्दै



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार पनि बस्दैछ । उक्त बैठकमा पार्टी एकतालाई पूर्णता दिने लगायतका विषयमा छलफल गर्ने भनिएको छ ।

बैठक दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटी गठन, सरकारको समीक्षा लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकमा आगामी स्थायी समिति बैठकको कार्यसूचीबारे पनि छलफल हुने अनुमान छ । नेकपा स्थायी कमिटीको बैठक यही कात्तिक १२ र १३ गते बस्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्