कञ्चनपुरमा तीन वर्षीया बालिका बलात्कृत



मनोज भट्ट, महेन्द्रनगर ।
निर्मला पन्तको बलात्कार पछि भएको हत्या घटनाले शन्त्रासमा रहेको कञ्चनपुरमा फेरी तीन वर्षीया  बालिका बलात्कारको शिकार बनेकी छिन् ।
आइतवार साँझ ७ बजे कञ्चनपुरको भीमदत्त नगरपालिका– १२ की तीन बर्षिय एक बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनलाई सोही स्थानका १४ बर्षिय युवकले बलात्कार गरेको कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले बताए । ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्