कक्षा कोठामै शिक्षकको जर्बजस्ती, अभिभावकद्वारा शिक्षकलाई छुरी प्रहार



मोतीराम तिमल्सिना, काभ्रे ।
विद्यालयमा पढाउने शिक्षकले गलत नियतका साथ बालिकाहरुलाई काखमा लिदै अमानविय तरिकाले जर्बजस्ति करणी गरे पछि विद्यार्थी र अभिभावक उजुरी बोकेर प्रहरीकोमा पुगेका छन् । प्रहरीले शिक्षकलाई पक्राउ गरे लगत्तै अभिभावकको आक्रोश शिक्षक माथी पोखिएको छ ।

प्रहरीकोमा बयान दिन उपस्थित भएका अभिभावक र पक्राउ परेका शिक्षक बीच देखादेख हुँदा हुँदै अभिभावकले शिक्षकलाई छुरी प्रहार गरेका थिए । प्रहरीले रोकेका कारण शिक्षकलाई थप क्षती भएन । विद्यालयका साना साना बालबालिकाहरुलाई शिक्षा दिने नाममा गरेको जर्बजस्ति करणी विरुद्ध अभिभावकहरुको आक्रोश थियो । ‘अप्सनल अंग्रेजी पढाउने शिक्षक शंकर पहरी सरले म र मेरो साथीलाई विद्यालय हाता भित्र सधै जसो कक्षा कोठामा अरु साथीहरुलाई कक्षाकोठाको गृहकार्य गर्न लगाई म र साथी बसेको लास्ट(अन्तिम बेञ्चमा आई काखामा राखी छाती र सुरुवाल भित्र हात पठाई औला योनीमा पसाउँदै आएका थिए ।

 

असोज ८ गते र १० गते दुबै दिन पहरी सरले पिसाव फेर्ने ठाउँमा कक्षा कोठामा कोहि नभएको मौका छोपी सरको पिसाव फेर्ने घुसाउनु भएको थियो । शिक्षक पहरी तिमी कति राम्री छौ भन्दै सधै गाला समाउने, काखमा लिने, छाती समाउने, फ्रक भित्र हात राखेर संवेदनशिन अंगहरु चलाउने गर्दै आउनु भएको थियो । कहिलेकाँहि सरको पिसाव फेर्ने स्थान समेत समाउन लगाउनु हुन्थ्यो । यो कुरा कसैलाई नभन्नु, भन्यो भने कुट्छु, पिट्छु भन्दै तर्साउनु हुन्थ्यो’–पीडित बालिकाहरुले प्रहरीमा बयान दिएका छन् ।

दिन दिनै बलात्कारका घटना बढिरहेका समयमा घर तथा विद्यालयबाटै बालबालिकाहरु असुरक्षित हुन थालेका छन् । जिल्लाको बेथाञ्चोक गाउँपालिका वडा नम्वर ४ देविस्थानमा रहेको कालिका माविमा कार्यरत शिक्षकले आफ्नै विद्यार्थीहरु माथी जर्बजस्ति करणी गरेको उजुरी दर्ता भएको छ । कालिका मावि बेथाञ्चोक ४ मा कार्यरत शिक्षक ३१ बर्षिय शिक्षक शंकर पहरीले विद्यालयका छात्राहरुलाई अभद्र ब्यवहार गर्दै जर्बजस्ति करणी गरेको उजुरीका उल्लेख गरिएको छ ।

 

कक्षा ५ मा अध्ययनरत छात्रालाई असोज १० गते दिउसो कक्षा कोठा भित्रै खाली भएको समयमा जर्बजस्तिको प्रयास गरेका थिए । विद्यार्थीले उक्त घटनाका बारेमा अभिभावकलाई भने सँगै उक्त घटना सार्वजनिक भएको थियो । त्यस अघि शिक्षक पहरीले विद्यालयकै अर्की छात्रालाई जर्बजस्ति करणी नै गरेको उजुरी दर्ता भएको छ । विद्यालयमा पुगेको प्रहरी टोलीसँग अन्य केहि छात्राहरुले समेत शिक्षक पहरीले एक वर्ष अघि देखि संवेदनशिल अंगहरु चलाउने, भन्यो भने विद्यालयबाट हटाई दिने धम्की दिने गर्दै आएको बताएका छन् ।

विद्यालयका शिक्षकहरुलाई पहरीको बानी जानकारी भए पनि वेवास्ता गरेका कारण उनको मनोबल बढ्दै गएको विद्यार्थी तथा अभिभावकहरुले बताएका छन् । विद्यालयका आईतबार सोहि विषयमा छलफल गर्न बसेको बैठकमा अभिभावकहरुले हस्तक्षेप गर्दै विद्यालयका अन्य शिक्षकहरुलाई समेत कारवाहीको माग गरेका थिए । प्रहरीले शिक्षकलाई असोज १८ गते पक्राउ गरी १९ गते म्याद थप गरी अनुसन्धान शुरु गरेको छ । पीडितहरुको तर्फबाट जाहेरी उजुरीमा मुलुकी अपराध(संहिता) ऐन २०४७ को परिच्छेद १८ को दफा २१९ को उपदफा १, २ क, ग र ३ क बमोजिम कारवाहीको माग गरेका छन् ।

आफ्ना सन्तान माथी जर्बजस्ति गरेको जानकारी पाई उजुरी गर्न प्रहरी कार्यालयमा पुगेकी बालिकाकी आमाले शिक्षक पहरीलाई छुरी प्रहार गरेकी थिईन् । प्रहरी सँगै भएकाले थप क्षति हुन पाएन ।

प्रतिक्रिया दिनुहोस्